समाज

परम्परागत खेती छाडेर माछा पालन

चैत १७, २०७५

    सल्यान : कालीमाटी गाउँपालिका–३ ढोरनीका केशरबहादुर बुढाथोकी आफ्नो २२ रोपनी क्षेत्रफल भएको खेतमा धान खेती गर्दथे। तर, उनले अहिले धान खेती छाडेर माछा पालन सुरु गरेको छन्। 

    लगानी र समय खर्चे परम्रागत खेती गरे पनि राम्रो आम्दानी नभएपछि व्यवसायिक माछा पालनमा लागेका हुन्। माछा पालनबाट छोटो समयमा राम्रो आम्दानी लिन सकिने देखेपछि उनले परम्परागत पेशा त्यागेको बताए।

    ‘बाउ बाजेको पालादेखि गर्दै आइरहेको खेती जति गरे पनि परिवार पाल्न समस्या हुन्थ्यो,’ उनले भने, ‘धान, गहुँ खेती छोडेर छोटो समयमा धेरै फाइदा लिन माछा पाल्दै आइरहेको छु।’ 

    गाउँगाउँमा यातायातका साधनको बिस्तार तथा बढ्दो सहरीकरणका कारण माछा पालन व्यवसायिक रुपमा फस्टाउँदै गइरहेको उनको भनाइ छ। केशरले बजारको मागअनुसार माछा पुर्‍याउन नसकेको बताए।

    केशरले सात वटा पोखरीमा सात हजारभन्दा बढी माछा पलगाएका छन्। राउ र नैनी जातका माछा छोटो समयमा फस्टाउने र बजारको माग पनि बढी भएकाले यही जातका माछा बढी पालेका उनको भनाइ छ। ‘स्थानीय बजारमै माछाको माग धान्न सकिरहेको छैन,’ उनले भने, ‘४०० रुपैयाँ प्रतिकिलोका दरले पोखरीबाटै ग्राहकले लिने गरेका छन्।’ 

    बुढाथोकीले माछा पालनबाट मात्रै वार्षिक करिब ६ लाखसम्म आम्दानी गर्दै आइरहेका छन्। घर वरपर खेर गइरहेको पानीलाई पोखरीमा जम्मा गरेर माछा पालन गर्दै आइरेको उनको भनाइ छ। थोरै लगानी र कम समयमै माछा पालनबाट मनग्य आम्दानी गर्न सकिने उनको अनुभव छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]