समाज : सुरक्षा/अपराध

यौनवर्द्धक औषधिसहित चार पक्राउ

चैत १७, २०७५

    सुरुङ्गा :भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ। 

    जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले बाह्रदशी गाउँपालिका–४ का २५ वर्षीय इन्तियाज आलम, सोही ठाउँका २८ वर्षीय ताहिर हुसेन, २७ वर्षीय सादम हुसेन र वौद्ध–१ काठमाडौँ निवासी ३१ वर्षीय झिनचोक शेर्पालाई औषधि बोक्न प्रयोग गरिएको भ्यान र दुई मोटरसाइकलसहित नियन्त्रणमा लिएको बताएको छ। 

    उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ। मे१ज ४०६३ नंको भ्यानमा औषधि राखेर बिर्तामोडतर्फ ल्याइँदै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी कुटीले जाँचका क्रममा चारैलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएकामध्ये ताहिर भ्यान चालक हुन्। यो सँगै प्रहरीले मे६प १०१६ नंको मोटरसाइकल र अर्को एक थान भारतीय नम्बरप्लेट भएको वीआर३७ए २४९० को मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। 

    औषधिको मूल्य भने खुलाइएको छैन। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]