काठमाडौँ : नेपालले दोस्रो टी–२० खेलमा आयरल्याण्ड ए लाई ७१ रनले पराजित गर्दै २ खेलको शृंखला जितेको छ। आयरल्याण्ड ए ले&nb...
सुनसरी : सुनसरीको दुहबीमा जारी तेस्रो मनमोहन दुहबी गोल्डकपमा आइतबार नेपाल पुलिस क्लब र मेची नेत्रालय काँकडभिट्टा फुटबल टेनिङ सेन्टर झापाबीच प्रतिस्पर्धा गर्दैछन्।
दुहबी रंगशालामा दिउँसो सवा ३ बजेदेखि सुरु हुने खेलको विजयी टिमले सेमिफाइनलमा दाफिन्स क्लब क्यामरुन र रोयल क्लब वेस्ट बंगाल भारतबीच मंगलबार हुने खेलको विजेतासँग बिहीबार प्रतिस्पर्धा गर्नेछ।
यसअघि शनिबार भएको उद्घाटन खेलमा विभागीय टिम नेपाल आर्मीले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा आर्मीले चर्जब्वाइज क्लब काठमाडौंलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। आर्मीले सेमिफाइनलमा थ्रीस्टार र आयोजक एलेभन एरोज क्लबबीच सोमबार हुने खेलको विजेतासँग बुधबार प्रतिस्पर्धा गर्नेछ।
एलेभन एरोज क्लब दुहवी र मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भइरहेको गोल्डकप चैत २३ गतेसम्म चल्नेछ। प्रतियोगितामा विजेताले ६ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउनेछन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।