समाज

नेपाल एयरलाइन्सको मनपरी उडान, सीता एयरले यात्रु बोकेन

चैत १७, २०७५

    हुम्ला : नेपाल एयरलाइन्स जहाजका कर्मचारीको मनपरिले गर्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ।  नेपागन्जस्थित नेपाल एयरलाईन्सको कार्यालयले एक हप्ता अघि वितरण गरेको जहाजको टिकट विभिन्न कारण देखाउँदै विमानस्थलमा बोलाउने र फर्काउने गरेको सिमकोट गाउँपालिका  आठ  निवासी छक्क बहादुर शाहीले बताए। आफु नेपाली सेना पाल्पा व्यारेकमा कार्यरत भएको बताउने शाही २० दिनको  लागि घर विदा लिएर आएको र जहाजको टिकट धाउँदा दुई हप्ता वितीसक्यो , अब घर कसरी जाने उनले चिन्ता व्यक्त गरे।

    नेपालकै ७७ वटा जिल्ला मध्ये सडक यातायातले नछोएको हुम्ला जिल्लामा सरकारी स्वामित्वको जहाजले समते उडानमा ठक्दै आएको सिमकोट उडानका लागि जहाज टिकट लिएर बसेका शाहीले गुनासो गरे।  नेपाल एयरलाइन्सको नियमित उडान भर्ने भनिए पनि  जहाजमा कहिले प्राविधिक समस्या त कहिले कर्मचारी समस्या  देखाउँदै  उडान स्थगित गर्दे आएको नेपागन्ज विमानस्थलमा कार्यरत  नाम नबताउने शर्तमा एक कर्मचारीले बताए।

     एयरलाइन्सको उडान तालिका  साविक कर्णालीका४ जिल्ला र बाजुरा जिल्लाका  विमानस्थलमा समेत अस्तव्यस्त बनाएको। उडान भर्न ठिक्क परेका यात्रु अलपत्र पार्दै आईरहेको छ भने  एयरलाइन्सले आर्थिक भार खेप्दै आएको छ। आफनो नाम नबताउने शर्तमा एक जना एयरलाइन्सका  कर्मचारीले भने देशमा नेताहरुकै कारणले जहाज उडानमा पहल नगरेको र सरकारले नेपालगन्जबाट उडानकोे लागि अहिलेको सरकारले  चासो नदेखाएको खुलासा गरे।

    उता सरकारले समेत हुम्लाको लागि उडान भर्न सरकारी स्वामित्व नेपाल एयरलाइन्सको जहाज लाई प्रति छ क्विन्टल हावा भन्दा माथि उडाउन नपाउने र निजी कम्पनीका जहाज लाई १० क्विन्टल भन्दा माथि उडाउने अनुमती दिएकोले समेत समस्या बनाएको बताए। नेपाल एयरलाइन्समा जहाज संख्या कमी भएको बताएका कर्मचारी भने हेरेर उडान लाई प्राथ्मिकता  दिएको बताएका छन। जहाजमा प्राविधिक समस्या त कहिले कर्मचारीकोको समस्या देखाउँदै  आएर उडान तालिका परिवर्तन गर्दे आएका छन। एयरलाइन्स व्यवस्थापनको कुनै व्यक्तिले नियतवश उक्त कमजोरी गरेको पाइए पर्यटन मन्त्रालयले कारबाही गर्ने निणर्य समेत गरेता पनि अहिले सम्म कार्यान्वयन नभएको बताएका छन।

    सीता एयरलाइन्सको जहाजले यात्रु बोक्नै छोडयो

    यस्तै निजी  विमानले कर्णाली लगायतका जिल्लामा उडना भर्दै आएका जहाज मध्ये सीता एयरलाइन्स जहाजले भने यात्रु बोक्न छोडेको छ। समीट एरलाइन्स,ताराएयरलाइन्स, सीता एयरलाइन्स लगायतका निजी कम्पनीका जहाजले हुम्ला,जुम्ला,मुगु,डोल्पा,बाजुरा लगायतका जिल्लामा यात्रु बोक्ने सरकारसंग सम्झौता गरेको भए पनि सिताले अहिले सम्म यात्रु उडान नभरेको खुलासा गरेका छन । अन्य जहाज भन्दा सरकारी नियम लाई तोडदै कार्गो सामान उडान गर्दै आएको सीता एयरलाइन्स कम्पनीका कार्यरत नाम नबताउने शर्तमा कर्मचारीले बताए। मानिस बोक्नु भन्दा  कार्गोबाट ५० प्रतिशत बढि फाइदा हुने र यात्रु बोक्दा घाटा हुने भएको भन्दै व्यापारी,नेपाल खाद्य संस्थानको चामाल मात्र बोक्ने गरेको छ।

    दुर्गम हुम्लाको सिमकोट बिमानस्थलमा उडान भर्दै आएका निजी सीता एयरलाइन्स कम्पनीले यात्रु  बोक्न छोडेर कार्गोको समानमा चर्को भाडा असुल्दै उडान गरेको छ। सामानमा हवाई भाडा बढाएपछि सर्बसाधारण र जिल्लामा जाने सामानको चर्को मुल्यमा उडान गरे पछि सेवाग्रही  मर्कामा परेका छन्। अहिले नेपालगन्ज र सुर्खेत विमानस्थल बाट प्रति केजी १ सय ३० देखि १ सय ७०का दरले भाडा लिने गरेको छ।

    भाडा दरमा एकरुपता ल्याउन तथा नेपालगन्ज विमानस्थलमा हवाई टिकटको दलाली गर्ने गिरोहको सञ्जाल तोड्न सम्बन्धित निकाय मौन बसेको छ।  हवाई टिकटमा एयरलाइन्स र कार्गो कम्पनी विचमै भागवण्डा हुने गरेको छ। सर्वसाधारण भने टिकट नपाएर महिनौ नेपागन्ज र सुर्खेत होटलमा बस्नु परेकोछ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]