त्रिशूली : नुवाकोटको प्रशिद्ध जात्रा भैरवी वर्ष बन्धन (सिन्दूरे जात्रा) को विशेष रौनक जारी छ। जीवित भगवानको रुपमा धामी एवं भैरवीदेवी मन्दि...
ओखलढुंगा : जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-६ को दरुवापिप्ले खोलामा यात्रुवाहक जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो साढे १२ बजेतिर सोलु्खुम्बुबाट काडमाण्डौ आउँदै गरेको बा १६ च २२०६ नम्बरको जिप सडकबाट झण्डै ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुुंगाले जनाएको छ। दुर्घटनामा घाइते ३ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुको उदयपुरको घुर्मीमा उपचार भइरहेको घटनास्थलमा रहेका प्रहरी चौकी हर्कपुरका प्रहरी हवल्दार लक्ष्मण शाहले जानकारी दिए। अहिले घटनास्थलमा हर्कपुर प्रहरी चौकीबाट प्रहरी टोली पुगिसकेको र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।