राजनीति

संघीय प्रणाली उल्ट्याउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

चैत १७, २०७५

    काठमाडौं : पूर्व-प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको राजनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई उल्टाउने मनसायका साथ षडयन्त्र भइरहेको बताएका छन्।

    रिपोर्टस क्लबको २१ औ वार्षिकोत्सवको अवसरमा राजधानीमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री दाहालले विकास र सम्मृद्धिको संकल्पको अभियान विरुद्ध षडयन्त्र भएको दाबी गरेका हुन्। प्राप्त उपलब्धिलाई नोक्सान पुर्‍याउनका लागि विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षरकर्ता, संविधान निर्माण गर्ने व्यक्ति वा त्यसको नेतृत्व लिने व्यक्ति माथि प्रहार गर्दा नै वर्तमान प्रक्रिया उल्टाउन सकिन्छ भन्ने सोच बोकेकाहरुको गलत प्रवृति मुलुकमा देखा परेको टिप्पणी उनले गरे। त्यस्तो प्रवृत्तीलाई छुट दिने तथा समयमै जनमत द्धारा परास्त नगर्ने हो भने सम्मृद्धि र विकासको महाअभियानको संकल्प प्रभावित हुन सक्ने भन्दै उहाँले सबैलाई सचेत हुनसमेत आग्रह गरेका छन्।

    आफ्नो अमेरिका भ्रमणका क्रममा पनि त्यस्तै प्रवृत्ति देखा परेको समेत उनले बताए। उनले भने 'हामी शान्ति सम्झौताको समर्थन गर्छौ , राजनीतिक स्थायित्वको समर्थन गर्छौ, राजनीतिक समझदारी र राष्ट्रिय समझदारीको समर्थन गर्छौ भने एउटा नेपालीले यो प्रक्रियामा सहभागी नेतृत्वलाई अपराधीको रुपमा हत्याराका रुपमा दुनियाँको अगाडि, त्यो पनि विदेशी राष्ट्रमा बसेर नेपालको शान्ति सभ्झौतालाई आपराधिक सम्झौताको रुपमा त्यसको हस्ताक्षर कर्तालाई एउटा अपराधीको रुपमा अन्तराष्ट्रिय जगतले गिरफ्तार गरेर जेल हाल्नु परो भन्नु कति तर्कसंगत छ ? यसले हाम्रो राष्ट्रिय आवश्यकतालाई कत्तिको सम्बोधन गरेको छ?'

    अमेरिकामा बस्दै गर्दा वासिङटन डिसिस्थित नेपाली कांग्रेसको समितिले  “प्रचण्ड अपराधी हो र हत्यारा हो यसलाई गिरफ्तार गर्नुपर्छ” भनेर निर्णय गरेको तर्फ उनले  नेपाली कांग्रेसको ध्यानाकर्षणसमेत गराए।

    राष्ट्रिय एकता र महत्व, नेपालले प्राप्त गरेको राजनीतिक स्थायित्व र विकासको महाअभियान कमजोर पार्ने गरि र वद्नाम पार्ने गरि या नेपालीका बीचमा कायम भएको एकता विथोल्ने प्रयास भईरहेको पनि उनले दाबी गरेका छन्। निर्वाचनको समयमा तराई मधेस पहाड, हिमाल, सबैलाई एकजुट गर्न आफुले ठुलो मेहनेत गरेको भन्दै उहाँले एकताका लागि गरिएको प्रयास नै गलत थियो भनी प्रश्न समेत गरेका छन्। उनले भने 'के मैले शान्ति सम्झौता गर्नु अपराध थियो ? के संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा नेतृत्व लिनु अपराध थियो ? के तराई,मधेस, हिमाल, पहाड सबैलाई जोडेर निर्वाचनको महाअभियान तर्फ देशलाई लैजाने कुरा अपराध थियो ? या अहिले हामी स्थायित्व र सम्मृद्धिको कुरा गरेका छौ । ती कुराहरु गलत हुन् ? ' 

    यस्तै समृद्धिको नया अभियान तर्फ मुलुकलाई लैजाने विषय कोही व्यक्ति विशेषको एक्लो प्रयास मात्रै नभएको भन्दै उनले निकै कठिनाईका साथ विचार, नेतृत्व, अभियान र जनताको सहयोगको विशिष्ट संयोजनबाट मात्रै दुईतिहाईको सरकार बन्ने अवस्था श्रृजना भएको बताए । यस ऐतिहासिक उपलब्धिलाई नमिठो र तितो ढंगले आक्रमण गर्ने काम भएको भन्दै उनले दुख समेत व्यक्त गरेका छन्।

    असाध्यै जटिल र चुनौतिपुर्ण परिस्थितिबाट नेपालको इतिहासलाई नया मोड दिईसकेको र त्यसका लागि प्रमुख राजनीतिक दल, नेता लगायतको सहमति र सहयोग रहेको भन्दै उहाँले नया संकल्पका लागि एकतावद्ध हुन आव्हान गरे। उनले राष्ट्रका अगाडि रहेका प्रमुख समस्या समाधान गर्नका लागि शान्ति सम्झौतादेखि संक्रमणकालको समापन, संविधान निर्माण, निर्वाचन, नया संरचना र ऐन निर्माणमा जस्तै मुलुकलाई नया युगतर्फ लैजान पनि राष्ट्रिय सहमति र संकल्पको खाँचो रहेको समेत बताएका छन्। व्यक्ति विशेष भन्दा नेपाल र नेपालीको एकता र संघिय लोकतान्त्रिक गणतन्त्र र सम्मृद्धिको अभियान रहनुपर्ने भन्दै उनले राष्ट्रको मूल एजेण्डामा एकताबद्ध हुन आव्हान गरे।

    मुलुकबाट हटिसकेको राजसंस्था फर्काउनका लागि भईरहेका क्रियाकलापको कुनै अर्थ नरहेको टिप्पणी गरे। उनले भने ' कोही पनि निरंकुशतावादी शक्ति, कोही पनि इतिहासको मञ्चबाट मिल्काईएको शक्ति, सजिलै त्यसलाई आत्मसाथ गर्दैन र  मौकापाए सम्म फेरी पुनस्थापित हुने कसरत गरिराख्छ। इतिहासको सत्यता र नेपालको आवश्यकतालाई सतही ढंगले व्याख्या नगर्न पनि उनले सबैलाई सचेत गराएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]