समाज

जिल्ला अस्पतालमा सिटामोलसमेत अभाव

चैत १७, २०७५

    कालिकोट : जिल्लाको एक मात्र अप्पताल जिल्ला अस्पताल कालिकोटमा औषधिको अभाव भएको छ। जिल्ला अस्पतालले पटक पटक क्षेत्रीय औषधि स्टोर नेपालगंजलाई आग्रह गर्दा पनि औषधि आपूर्ति नगरेका कारणले जिल्ला अस्पतालमा औषधिको अभाव भएको हो। सामान्य रोग लागेका बिरामीले पनि जिल्ला अस्पतालमा औषधिको अभाव हुँदा मेडिकलबाट महँगाेमा  किन्नु पर्ने बाध्यता रहेको छ। 

    सामान्य औषधि पनि छैन

    जिल्ला अस्पताल कालिकोटमा रुघाज्वरोका लागि आवश्यक पर्ने सिटामोल पनि चर्को मूल्यमा निजी मेडिकल बिरामीलाई दिने गरिएको अस्पतालले जनाएको छ। सिटामोल, जीवनजल पनि निजी मेडिकलहरूबाट खरिद गरेर बिरामीलाई दिनु परेको अस्पतालद्वारा सञ्चालित फर्मेसीमा कार्यरत पुष्कर शाहीले बताए। ‘सामान्य औषधि पनि अस्पतालको फार्मेसीमा छैन।’ उनले भने,‘सबै औाषधी बिरामी नीजि मेडिकलबाट खरिद गर्नु पर्छ।’

    अस्पतालले संचालन गरेको फार्मेसीमा एन्टिबायोटिक, दमका बिरामीका लागि चाहिने विटाटु, विकामियम, पिसाव पोल्ने बिरामीका लागि चाहिने अल्कालाइजरलगायतका दैनिक आवश्यक पर्ने औषधि अभाव छ।

    पटक-पटक माग गर्‍याे औषधि आएन

    जिल्ला अस्पताल कालिकोटका प्रमुख भिष्म पोखरलले क्षेत्रीय मेडिकल स्टोर नेपालगंजमा औषधि माग गरेको महिनौँ भइसक्दा पनि नआउँदा समस्या भएको जिल्ला अस्पताल बताए। ‘लिखित तथा मौखिम रुपमा धेरै पटक माग गर्‍याे औषधि पठाएको छैन।’ उनले भने,‘अहिले त माग गर्न छोडिसकियो।’

    सामान्य बिरामी भए जुम्ला, सुर्खेत र नेपालगंज

    जिल्ला अस्पतालमा औषधिको अभाव भएका कारणले सामान्य बिरामीले पनि उपचारका लागि सुर्खेत नेपालगंज र जुम्ला जानुपर्ने बाध्यता रहेको छ। जिल्ला अस्पतालमा बिरामीले उपचार औषधि नपाउने भएका कारणले औषधिका लागि नेपालगंज र सुर्खेत जानुपर्ने बाध्यता रहेको हो।

    जिल्ला अस्पतालमा सामान्य बिरामी भएपनि सुर्खेत र नेपालगंज रिफर गर्ने गरेको खाँडाचक्र नगरपालिका ७ पंखबहादुर मल्लले बताए। ‘जिल्ला अस्पतालमा बिरामी जैलाने हो। सिधै सुर्खेत, नेपालगंज र जुम्लामा रिफर गर्ने गरेको छ’ उनले भने,‘औषधि अभावका कारणले यस्तो समस्या आएको हो।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]