खेलकुद

पुलिसलाई पराजित गर्दै मेची नेत्रालय दुहबी गोल्डकपको सेमिफाइनलमा

चैत १७, २०७५

    सुनसरी : मेची नेत्रालय काँकडभिट्टा फुटबल टेनिङ सेन्टर तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

    सुनसरीको दुहबी रंगशालामा आइतबार सम्पन्न दोस्राे क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै मेची नेत्रालय सेमिफाइनल प्रवेश गरेको हो। मेची नेत्रालयले अब सेमिफाइनलमा दाउफिन्स क्लब क्यामरुन र रोयल क्लब वेस्ट बंगाल भारतबीच मंगलबार हुने खेलको बिजेतासँग बिहीबार प्रतिष्पर्धा गर्ने छ। 

    मेची नेत्रालयका लागि विदेशी खेलाडी आर्माइण्ड बेडुमले दुई गोल गरे। अर्को गोल बिशाल राईले गर्दा थप एक गोल पुलिसबाट आत्माघाती उपहार पायो। पहिलो हाफमा दुवै तर्फबाट गोल हुन नसके पनि दोस्राे हाफमा मेची नेत्रालय पुलिसमाथि हावी बन्यो। खेलको ६१ औं मिनटमा मेची नेत्रालयका कप्तान बिशाल राईले पहिलो गोल गरे। लगतै ८८ औं मिनटमा अरमाद वेदोमले गोल गरेर खेललाई २–० को स्कोरमा पुर्‍याए।

    खेलमा एकतर्फी नतिजा हात पारेको मेची नेत्रालयले खेलको ८९ औं मिनेटमा आत्माघाती गोल उपहार पायो। खेलको अन्तिम मिनेटमा पाएको नेनाल्टीलाई अरमाद वेदोमले जाली चुमाउँदै जित निश्चित गरे। आइतबारको खेलमा नेपाल पुलिस क्लबका खेलाडीको प्रहार एकपछि अर्को गर्दै विफल पारेका गोल किपर किशोर गिरी म्यानअफ द म्याच घोषित भए। उनलाई मनमोहन स्मृति प्रतिष्ठानका सदस्य सचिव सुभाषश्री पोखरेलले नगद १० हजार तथा मेडल प्रदान गरे।

    प्रतियोगिता अन्तर्गत सोमबारको खेल आयोजक एलेभन एरोज क्लब र रुस्लान थ्री स्टार क्लब काठमाडौंका बीच हुनेछ। प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्ने छ। उपविजेताले ३ लाख प्राप्त गर्ने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]