दुबई : कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार ट...
नाइजमिना- संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले मध्यअफ्रिकी मुलुक चाडमा बालबलिकाको अवस्था गम्भीर भएको भन्दै यसका लागि सहयोग पुर्याउन सबैलाई आग्रह गरेको छ।
चाडमा करिब २० लाख बालबालिका आधारभूत मानवीय सहयोगबाट वञ्चित रहेको बताइएको छ । यो अवस्था अत्यन्तै दयनीय हो भन्दै यसका लागि सबैको ध्यानकर्षण गराएको हो ।
चाडका लागि युनिसेपफका प्रतिनिधि गियानलुका फ्लामिग्नीले बालबालिकालाई आवश्यक पर्ने आधारभूत वस्तुको पनि यहाँ निकै खाँचो परेको जानकारी दिए। उनले भने– यहाँसम्म कि बालबालिकाका लागि खाद्यान्न, पोषणलगायतका आधारभूत वस्तुको पनि गम्भीर मानवीय सङ्कट छ।
अहिलेको शताब्दLमा पनि खाद्यान्न, पोषण तथा बसोबासको समस्या बालबालिकामा आउनु दुखद हो भन्दै युनिसेफले यसका लागि मुलुकमा व्याप्त द्वन्द्व जिम्मेवार भएको जनाएको छ।
यस प्रकारको समस्यालाई बेलैमा सम्बोधन गर्न सम्बद्ध सबैले सचेत नबनेमा स्थिति भयावह हुने भन्दै युनिसेफले समस्या समाधानका लागि यथासम्भव पहल गर्न सबैको ध्यानाकर्षण गराइएको बताएको छ।
यहाँ द्वन्द्व र खाद्यान्न सङ्कटका कारण प्राय मुलुकको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ । द्वन्द्वका कारण पहिलो असर बालबालिकामा परेको पनि जनाइएको छ। शिक्षा र स्वास्थ्यमा विशेष ध्यान नदिइँदा बालबालिका तथा युवाको भविष्य अन्धकारतिर धकेलिएको युनिसेफले बताएको छ । देशमा उत्पन्न हुने हिंसात्मक विद्रोहको तारो बालबालिकालाई बनाइन नहुने धारणा युनिसेफको रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।