खेलकुद

पोल्याण्डलाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरोकपको सेमिफाइनलमा

असार १७, २०७३

    पोर्चुगल युरो २०१६ को सेमिफाइनलमा पुगेको छ। बिहीबार राती मार्सेलेमा भएको खेलमा पोल्याण्डलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै पोर्चुगलले सेमिफाइनलको यात्रा तय गरेको हो।

    निर्धारित समयमा दुबै टिमले १- १ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त ३० मिनेटमा दुबै टोलीले थप गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको हो।

    जसमा पोर्चुगलका लागि रोनाल्डो, सान्जेच, माउटिन्हो,  नानी करिज्माले गोल गर्दा पोल्याण्डका लागि लेवेन्डोस्की, मिलिक, गिल्कले गोल गरे भने जाकुब ब्लासज्योकस्कीको प्रहार भने पोर्चुगलका गोल किपरले विफल पारेका थिए।

    अब पोर्चुगले फाइनल प्रवेशका लागि शुक्रबार राती हुने वेल्जियम र वेल्सबीचको खेलको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ।

    खेलको दोश्रो मिनेटमा नै पोल्याण्डका कप्तान तथा स्ट्राईकर रोबर्ट लेवेन्डोस्कीकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। कामिल ग्रोसिकीको क्रसमा डिबक्सभित्र अनमार्क रहेका लेवेन्डोक्सीले गोल गरेका थिए। त्यसपछि केही आक्रामक भएको पोर्चुगलका लागि खेलको नवौं मिनेटमा नै क्रिष्टियानो रोनाल्डोको सटलाई पोल्याण्डका डिफेन्डरले जोगाएका थिए।

    लगत्तै १० औँ मिनेटमा पोर्चुगले अर्को दुई वटा अवसर खेर फालेको थियो। नानीले प्रहार गरेको सटलाई पोल्याण्डका डिफेन्डरले असफल पारे लगत्तै रोनाल्डोको अर्को प्रहारले पनि पोल्याण्डको डिफेन्स लाइन पार गर्न सकेन।

    खेलको १५ औँ मिनेटमा पोल्याण्डले अग्रता दोब्बर बनाउने सुनौलो अवसर गुमाएको थियो। ग्रेजेग्रोजको पासमा अर्का ड्युजमिलिकले प्रहार गरेको पावरफुल लेफ्ट फुटेट सटले पोष्टको सही दिशा लिन सकेन। १६ औँ मिनेटमा पोर्चुगलका रोनाल्डोले २ वटा अवसर खेर फाल्दा १७ औँ मिनेटमा लेवेन्डोस्कीको उत्कृष्ट प्रहारलाई पोर्चुगलका गोल किपरले विफल तुल्याएका थिए।

    त्यसपछि केही सुस्त देखिएको खेलमा २८ औँ मिनेटमा पोर्चुगलले एउटा अवसर सिर्जना गर्‍यो जसमा रोनाल्डो फेरि चुक्दा पोल्याण्डको अग्रता कायमै रहेको थियो।

    ३३ औं मिनेटमा भने पोर्चुगलले फेरि अर्को गतिलो अवसरको सिर्जना गर्‍यो। यस पटक रेनटो सान्जेचका लागि नानीले डिबक्स बाहिर खुला ठाउँमा बल उपलब्ध गराए। जसमा उनको बायाँ खुट्टाको शक्तिशाली प्रहार यसपटक भने पोलिस डिफेन्डरले पत्तै पाएनन् र सिधै जाली चुम्न पुग्यो।

    ४० औँ मिनेटमा नानीको हेडरले सही दिशा नलिँदा चुकचुकाएको पोर्चुगलले ४४ औँ मिनेटमा पुनः नानी असफल हुँदा पहिलो हाफ १–१ को बराबरीमा नै सकिएको थियो।

    निकै पट्यार लाग्दो दोश्रो हाफमा पोर्चुगाली कप्तान तथा स्टार स्ट्राइकर रोनाल्डो मैदानमै छन् की छैनन् भन्ने अवस्था थियो। खेलभरी जम्मा पाँचपटक गोलको लागि प्रयास गरेका उनी दोश्रो हाफमा भने गुमनाम भए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]