खेलकुद

नेपाल क्रिकेट संघको प्रतिबन्ध अनुमोदन, आइसिसीको टोली नेपाल आउँदै

असार १७, २०७३

    काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि दुई महिनाअघि लगाएको प्रतिबन्धलाई अनुमोदन गरेको छ। गत अप्रिलमा आइसिसीको वोर्ड बैठकले नेपाललाई प्रतिबन्ध लगाउने भनी गरेको निर्णयलाई बिहीबार बसेको फुल काउन्सिलले अनुमोदन गरेको हो। आइसिसीको बैठकले नेपालसँगै अमेरिकाको प्रतिबन्धलाई पनि अनुमोदन गरेको छ।

    इंगल्याण्डको इडेनवर्गमा बसेको बैठकको निर्णयबारे आइसिसीले आफ्नो वेवसाइटमा लेखेको छ ‘५३ सदस्यीय पूर्ण काउन्सिलले नेपाल क्रिकेट काउन्सिल र युएसए क्रिकेट एसोसिएसन निलम्बन गर्ने यसअघिको निर्णयलाई अनुमोदन गरेको छ।' आइसिसीले नेपाललाई सन् २०१६ को अप्रिलमा र अमेरिकालाई सन् २०१५ को जुन महिनामा निलम्बन गरेको थियो।  

    आइसिसीले प्रतिबन्ध रहेपनि खेल र बजार विकासका लागि सकेसम्म धेरै सहयोग गर्ने जनाएको छ। यसबारे आइसिसीको निर्णयमा भनिएको छ 'प्रशस्त प्रतिभा र क्षमता भएकाले नेपाल र अमेरिका दुबै आइसिसीका महत्वपूर्ण सदस्य हुन्। खेल र बजार विकास रणनीतिअनुसार दुबै देशलाई आइसिसीले निरन्तर रुपमा सकेसम्म धेरै सहायता उपलब्ध गराउनेछ ताकी उनीहरुले सुशासन र क्रिकेटको संरचना कायम गर्न सकुन्।'

    आइसिसीले  छिटै बोर्ड सदस्य र वरिष्ठ व्यवस्थापकहरुको उच्चस्तरीय टोली नेपाल पठाउने जनाएको छ। उनीहरुले नेपाल सरकार र क्रिकेट संघका पदाधिकारीहरुसंग भेट गर्नेछन्।

    सन् २०१६ को अप्रिल २४ मा दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले क्यानमा निष्पक्ष र स्वतन्त्र निर्वाचन हुन नसकेको, सरकारी हस्तक्षेप भएको लगायतका कारण देखाएर क्यान निलम्बन गरेको थियो। निर्वाचनबाट चयन भएको नेपाल क्रिकेट संघलाई मान्यता नदिई राष्ट्रिय खेलकुद परिषदले अर्को तदर्थ समिति बनाएपछि आइसिसीले क्यानलाई निलम्बन गरेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]