समाज

स्थानीयको अवरोधले धरहरा निर्माण अवरुद्ध

धरहरा निर्माणमा जुटेका मजदूर। फाइल फोटो
जेठ ३, २०७६

    काठमाडौं : स्थानीयको अवरोधपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ।

    पैदलमार्ग खुलाउनुपर्ने आफूहरूको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो। धरहरा वरपरका स्थानीयले पैदल मार्ग नखुलाएको भन्दै अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी दिए। करिब १३ प्रतिशत काम सम्पन्न भइसकेको धरहरा निर्माणको काम स्थानीयले पैदल मार्ग खुलाउन माग गर्दै अवरोध गरेपछि प्रभावित भएको छ।

    स्थानीयले विगत ६ महिनायता आफूहरूलाई आवात जावतका लागि सहज बनाउन पनि पैदलमार्ग खुलाउन धराहरा निर्माण समितिसँग माग गर्दै आएका थिए। उनीहरूले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दवाव दिँदै आएका छन। ६ महिनायता पैदलमार्ग समेत नखुलाइको कारण आफूहरू मारमा पर्नु परेको स्थानीय व्यापारी अनिता बुढाथोकीले जानकारी दिए।

    यता, धराहरा निर्माण समितिले धराहरा वरपरका स्थानीयको पैदल मार्ग खुलाउने माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसँग छलफल भइरहेको र आजै सो सम्बन्धमा आवश्यक निर्णय हुने पनि जनाएको छ। पूरातत्वविद् राजुमान मानन्धरले हुलाक कार्यालय र काठमाडौं मलको बीचका पैदल मार्ग खुलाएर स्थानीयको माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री कार्यालयसँग आवश्यक छलफल भइरहेको जानकारी दिए।

    स्थानीयले अवरुद्ध पारेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो। धराहरा निर्माण प्रोजेक्टका म्यानेजर श्रेष्ठले सुरक्षाको दृष्टिकोणले पनि पैदल मार्गलाई समेत रोकेर निर्माण कार्यलाई अघि बढाउनु परेको पनि स्पष्ट पारेका छन। सो प्रोजेक्टले स्थानीयको मागलाई तत्काल सम्बोधन गरी धरहरा निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता पनि जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]