विश्व

ढाकामा आतंककारी आक्रमण

दर्जनौं स्वेदशी तथा विदेशी नागरिकहरुलाई बन्धक

असार १८, २०७३

    ढाका- बंगलादेशको राजधानी ढांकामा आतंककारी आक्रमण, विदेशी लगायत दर्जनौ बन्धक बंगलादेशको राजधानी ढांकामा बन्दुकधारीहरुले आक्रमण गरेर दर्जनौं स्वेदशी तथा विदेशी नागरिकहरुलाई बन्धक बनाएको छ। शुक्रबार राति ८ः३० बजे आक्रमण भएको थियो।

    आक्रमण विदेशी पर्यटक आवत जावत गर्ने 'होली आर्टिसन बेकरी क्याफे'मा गरिएको हो। बन्धक बनाइएकामा सात जना इटाली नागरिक रहेको बीबीसीले जनाएको छ। प्रहरीका अनुसार ९ जना बन्दुकधारीले बन्धक बनाएका छन्।

    दुई जना प्रहरीको दोहोरो गोली हानाहानमा मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्। स्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ। स्लामिक स्टेटले विभिन्न देशका २० जना नागरिकको हत्या गरेको बताए पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन। बन्धक छुटाउने अपरेशन जारी रहेको प्रहरीले बताएको छ।

    विदेशी कुटनीतिज्ञ र पर्यटक बस्ने बेकरी र रेस्टुरेन्टमा आक्रमण भएको हो। ११ घण्टादेखि गोलीबारी जारी रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]