काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाजको सिट पछाडीको पकेटभित्र १ किलो सुन फेला परेको छ। भारतको नयाँ दिल्लीबाट...
जुम्ला : पातारासी गाउँपालिका १ मा रहेको चुकेनी खोलामा करिब एक मेगावाट क्षमताको जलविद्युत् आयोजना बन्ने भएको छ।
वैकल्पिक ऊर्जा र गाउँपालिका र स्थानीयबासिन्दाको लगानीमा सुरु भएको आयोजनाको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बिहीबार शिलान्यास गरेका हुन्।
चुकेनी सहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर बुढाले पातारासी गाउँपालिका –१ गढीगाउँमा निर्माण हुने ९९८ किलोवाटको आयोजनाका लागि वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको २८ करोड, स्थानीयको शेयर २ करोड ५० लाख, गाउँपालिकाको एक करोड र प्रदेश सरकारको १ करोड रुपैयाँ गरी ४६ करोड रुपैयाँमा आयोजना निर्माण हुन लागेको उनले जानकारी दिए ।
निर्माणको जिम्मेवारी भने फेवा कन्सल्टेन्स बुटवलले पाएको छ। १८ महिनामा काम सकिने गरी निर्माण सुरु गरिने वैकल्पिक ऊर्जा, नवीकरणीय उर्जाका लागि जिविकोपार्जनका फिल्ड संयोजक पृथ्वी शाहीले बताए
।
गाउँपालिकाले चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाटको सो आयोजनामा सबै घरधुरीको नाममा शेयर लगानी गरेको प्रमुख प्रसासकिय अधिकृत टेक बहादुर बुढथापाले बताए। यहाँका तीन हजार ३ सय २० घरधुरीको नाममा सो आयोजनाको सेयर रहने उनले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।