समाज

सर्लाहीमा अज्ञात समूहको गोली प्रहारबाट निर्माण मजदुर घाइते

असार १४, २०७६

    सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा शनिबार मध्यान्ह अज्ञात व्यक्तिले चलाएकाे गोली प्रहारबाट एक मजदुर घाइते भएका छन्। मोटरसाइकल चढेर आएका दुई जनाकाे समूहले प्रहार गरेको गोली लागि सोही ठाउँका ३० वर्षीय जयनाथ महतो घाइते  भएका हुन्।

    पाखुरामा एक गोली लागेर घाईते महतोलाई नवलपुरको एक स्वास्थ्य संस्थामा सामान्य उपचार गरी वीरगञ्ज 'रिफर' गरिएको प्रहरीले जनाएको छ। शनिबार मध्यान्ह सबा १२:३० बजेतिर गाउँको ब्रह्मस्थान मन्दिरमा निर्माणको काम गरिरहेका बेला महतोमाथि गोली प्रहार भएको स्थानीयवासीले बताए। उनीमाथि गोली प्रहार हुनुको कारण भने खुल्न सकेको छैन।

    घटनास्थल नवलपुर चोकबाट करिव डेढ किलोमिटर उत्तरतर्फ पर्छ। घटनामा संलग्नको खोजी तीव्र पारिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]