राजनीति

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्राडा. शर्मालाई

असार १४, २०७६

    काठमाडौं : मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट प्राध्यापक डाक्टर सुवोध शर्मा सम्मानित भएका छन्। पुरस्कारको राशि एक लाख रहेको छ।    

    मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा शर्मालाई सम्मान गरेका हुन्। काठमाडौं विश्वविद्यालय स्कूल अफ साइन्सका रजिष्ट्रारसमेत रहनुभएका प्राडा शर्माले नेपाल, भूटानलगायत दक्षिण एशियाली देशको पानी र जलाधारको विषयमा मिहिन अध्ययन गर्दै आएका छन्।    

    यस्तै अफ्रिकी मुलुक इथोपियाको समेत पानी र जलाधारको क्षेत्रमा अध्ययन गरेका छन्। आफ्नो आमाको प्रेरणाबाट हिमाली क्षेत्रका ताल तलैया, पानी र जलाधारको संरक्षणका क्षेत्रमा लाग्न प्रेरित गरेको उल्लेख गर्दै उनले काठमाडौं उपत्यकाको चारैतिर जलाधार संरक्षणका लागि ठूलाठूला पोखरी निर्माण गर्नुपर्ने सुझाव दिए।    

    काठमाडौंका डाँडाडाँडामा पानी पोखरी बनाउनुपर्नेमा रिसोर्ट बनाउन थालिएकामा समेत पुरस्कृत व्यक्तित्व शर्माले दुखेसो व्यक्त गरे। उनले भने, “आदिमकालमा काठमाडौंको पानी बाहिर पठाउन एउटा मञ्जुश्री आएका थिए । काठमाडौँ उपत्यकामा पानी बढाउन अब पाँच वटा मन्जुश्रीको आवश्यकता देखिएको छ ।”    

    उक्त पुरस्कारबाट यसअघि डा. भगवान् कोइराला, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, महावीर पुनलगायत पुरस्कृत भइसकेका छन्।    

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]