छापा

नेकपाले छाड्यो जबज, मूल कार्यदिशा जनताको जनवाद

असार १५, २०७६

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले पार्टीको मूल कार्यदिशा जनताको जनवाद भएको बताएका छन्। 

    पार्टीको कार्यदिशाबारे विवाद भइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै मञ्चबाट अब जनताको जनवादमा जाने बताएका हुन्। तत्कालीन एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको एक्काइसौं शताब्दीको जनवाद दुवैलाई छोड्दै नेकपाले जनताको जनवाद कार्यदिशा बनाएको समाचार नागरिक दैनिकमा छ।

    अध्यक्षद्वयले जबजको सारतत्व र विशेषतालाई आधार मानेर पार्टीको कार्यदिशा जनताको जनवाद अंगीकार गरिएको बताए। मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनद्वारा शनिबार राजधानीमा अयोजित कार्यक्रममा ओली र दाहालले समाजवादसम्म पुग्ने लक्ष्य जबजकै हो तर त्यसको नाम जनताको जनवाद राखिएको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]