काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा एमालेले आफूलाई भाइ कांग्रेस बनाउन नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ...
सुर्खेत : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्री परिवर्तनको कुरा आफूलाई थाहा नभएको बताएका छन्। दैलेखको पेट्रिलियम पदार्थको अन्वेषणका लागि दैलख जानका लागि सुर्खेत पुगेका मन्त्री यादवले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री परिवर्तनको कुरा आफूलाई केही थाहा नभएको बताएका हुन्।
पछिल्लो समय मन्त्री परिवर्तनको हल्ला चलिरहेबारे मन्त्री यादवले भने, ‘को मन्त्री परिवर्तन हुने हो त्यो हामीलाई थाहा हुने कुरा होइन, त्यो प्रधानमन्त्रीलाई थाहा हुने हो, मलाई त्यो विषयमा केही थाहा छैन।’
मन्त्री यादवले दैलेखको पेट्रोलियम पदार्थको बारेमा चिनियाँ टोलीसहित अन्वेषण गर्ने बताए। अहिले नै काम कहिलेबाट सुरु हुन्छ भन्ने कुरा भन्न सकिने अवस्था नरहेको भन्दै यादवले अन्वेषण पछि उत्खनन कहिले देखी गर्ने भन्ने टुङ्गो लगाग्ने बताए।
‘हामी अन्वेषणमा दैलेख जाँदै छौँ, रिपोर्ट के आउँछ, सोहीअनुसार काम अगाडि बढाइन्छ,’ उनले भने, ‘काम छिट्टै हुन्छ, पहिले जस्तो ढिला हुँदैन।’ अर्को एक प्रसंगमा सुर्खेतको चौकुने सिमेन्ट कारखाना पनि छिट्टै सञ्चालन हुने बताए। ‘केही व्यावहारिक समस्या छन्, त्यसलाई निराकरण गर्दै काम अघि बढाइन्छ।’ उनले भने।
दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन गर्ने उदेश्यले चिनिया विशेषज्ञसहितको टोलीसहित दैलेखबाट प्रतिनिधिसभाका सदस्य राजबहादुर बुढा, पार्वती विसुन्के तेस्तै सुर्खेतको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का सांसद धुर्वकुमार शाही र उद्योग मन्त्रालयका सचिवसहितको टोली सुर्खेत हुदै दैलेख पुग्दै छ।
टोलीले दैलेखको श्रीस्थान, पादुका र नाभिस्थानबाट बगेको पेट्रोलियम पदार्थको नमुना संकलन गरी काठमाडौं लिएको थियो। केपी शर्मा ओलीको अघिल्लो कार्यालमा सो स्थानमा रहेको पेट्रोलियम पदार्थबारेको अध्ययन गरी चिनियाँ टोलीले नमुना संकलन समेत गरी नेपाल सरकारलाई रिपोर्ट दिइसकेको छ।
प्रारम्भिक प्रतिवेदन सकारात्मक रहेको र कुन परिमाणमा पेट्रोलियम रहेको छ भन्नेबारे अध्ययन हुने टोलीमा सहभागी सांसद ध्रुवकुमार शाहीले जानकारी दिए। उनले भने, ‘जुन हिसाबले रिर्पोटहरू बाहिर आएका छन्, सोहीबमोजिम ठूलो मात्रामा पेट्रोलियम पदार्थको भण्डार हुनसक्ने सम्भावना छ।’
शाहीले यो उत्खननले कर्णाली प्रदेश मात्रै नभई समग्र नेपालकै कायापलट हुने दावी गरे। उनले पेट्रोलियम पदार्थ उत्पादन गर्न सके केही बर्षभित्र देश सम्पन्न बन्ने बताए।
चीन सरकारको चाईना जियोलोजिकल सर्भे र नेपालको खानी तथा भूर्गभ विभागबीच वैशाखको अन्तिम साता पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सम्झौता भए पनि नेपाल सरकारको आवश्यक तयारी नपुगेको भन्दै उक्त कार्यक्रम स्थगित हुँदै आएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।