काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षको असार मसान्तभित्रै १४ लाखभन्दा बढी बालबालिकालाई इनएक्टिभेटेड पोलियो भ्य...
नेपाली विद्यार्थीलाई थप तीन सिट
काठमाडौं : नेपाली विद्यार्थीलाई भन्दा विदेशी विद्यार्थीलाई पोष्टग्राजुएट्स (पिजी) तहमा धेरै सिट दिएकोमा भन्दै बढेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको विवाद टुंगिएको छ।
प्रतिष्ठान यसै शैक्षिक सत्रबाट विशेषज्ञ चिकित्सा पढाइमा नेपाली विद्यार्थीका लागि थप तीन सिट बढाउने सहमत भएपछि एक सातादेखि जारी आन्दोलन टुंगिएको हो।
विज्ञान प्रतिष्ठान जुनियर रेजिडेन्ट वेलफेयर सोसाइट र प्रतिष्ठान पदाधिकारीबीच शनिबार र आइतबार भएको पटकपटकको वार्तापछि प्रतिष्ठान पदाधिकारीहरू इन्टरनल मेडिसिन, पेडियाट्रक र सर्जरीमा एक र एक सिट नेपाली विद्यार्थीको लागि बढाउन तयार भए पछि जारी आन्दोलन टुंगिएको बताइएको छ।
सहमति भएपछि चार दिनदेखि प्रतिष्ठानको उपकुलपति कक्षमा लागेको ताला पनि खोलिएको छ। पदाधकारीहरुसँगको सहमतिपछि सोसाइटीले निकालेको विज्ञप्तीमा आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको जनाइएको छ।
त्यसैगरी, विदेशी विद्यार्थीको हकमा चिकित्सा शिक्षा ऐनमा भएको हालको प्रावधान सच्याएर कुल सिटको एकतिहाइ नभई स्नातकोतर तहका हरेक विषयहरूमा बढीमा एक तिहाइमात्र सिट विदेशीलाई दिन मिल्ने गरी संसोधन गर्नु पनि माग गरिएको छ।
गत ७ असारमा प्रतिष्ठानले प्रकाशित गरेको सूचनामा इन्टरनल मेडिसिन र पेडियाट्रिक्समा ५ मध्ये ३ सिट विदेशीका लागि छुट्याएको छ। एनेस्थेसियोलोजी तथा क्रिटिकल कियर मेडिसिनमा पनि एकतिहाई भन्दा बढी अर्थात् ११ मध्ये ४ सिट विदेशीलाई छुट्याएको छ।
यता, सर्जरीमा त झन् ६ मध्ये ४ सिट विदेशीका लागि छुट्याएको छ। यस्तै, हेड एण्ड निक सर्जरीमा पनि ४ मध्ये २ सिट विदेशीका लागि छुट्याएको छ। जो ऐनविपरीत हो। ऐनअनुसार विदेशी विद्यार्थीका लागि एकतिहाइ कोटा मात्रै निर्धारण गर्नुपर्ने हुन्छ।
ऐनविपरीत विदेशी विद्यार्थीका लागि कोटा छुट्याएको भन्दै विरोध भएपछि प्रतिष्ठानका पदाधिकारीहरूले कुल कोटाको एकतिहाई सिट ननाघेको भन्दै आफ्नो बचाउ गर्दै आएका छन्। यता, पिजी भर्नामा नेपालीलाई उपेक्षा गरिएको भन्दै चिकित्सकका विभिन्न संगठनहरूले विरोध गर्दै आएका थिए।
सम्बन्धित समाचार
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।