समाज

नवलपरासीमा जीर्ण भवन भत्किँदा वृद्धको मृत्यु

असार १५, २०७६

    नवलपरासी : सुस्ता गाउँपालिका ३ मर्चहवामा जीर्ण अवस्थामा रहेको सार्वजनिक भवन भत्किँदा एक वृद्ध पुरुषको घटना स्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ६५ वर्षीय  स्थानीय  किशुन बिन रहेका छन्।

    मृत्यु हुने बिन करिब एक महिनादेखि सोही सार्वजनिक भवनमा बास बस्दै आएका थिए। पूर्णरूपले जीर्ण अवस्थामा रहेको मर्चहवाको भवन गएराति वर्षाका कारणले भवनको छतमा सुतिरहेको बिनको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

    मृतक बिनको शव आवश्यक चेकजाँच गर्नका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा पठाइएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमल क्षेत्रीले जानकारी दिए। 

    सार्वजनिक भवनमा पहिला शिव शम्भु आधारभूत विद्यालय रहेको थियो। विद्यालय सुस्ता ३ रेतामा संचालन भएपछि यो विद्यालय सार्वजनिक भवन बनेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]