समाज

भक्तपुरमा ६० वर्षीया महिलाको हत्या, प्रहरीले थाल्यो अनुसन्धान

असार १५, २०७६

    काठमाडौं : आइतबार दिउँसो भक्तपुरमा एक महिलाको  हत्या भएको छ। चाँगुनारायण नगरपालिका-७ बाँसघारीमा डेरा गरेर बस्दै आएकी सिन्धुपाल्चोककी ६० वर्षीया साबित्री भट्टराईको हत्या भएको हो।

    मोटर साइकलमा आएका दुई/ तीनजना युवाले वृद्धाको हत्या गरेर फरार  भएका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी त्यहाँ पुगेको थियो।  

    जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी प्रवक्ता तथा डीएसपी रेवतीरेमण पोखरेलले डेरामै वृद्धाको शव भेटिएको जानकारी दिए। 'आफ्नै डेरामा वृद्धाको शव भेटिएको छ', उनले भने, 'घटनाको प्रकृति हेर्दा हत्या भएको देखिन्छ। अनुसन्धान गरिरहेको छौँ।' उनले अहिले तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान तीव्र पारिएको जानकारी दिए। 

     

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]