काठमाडौं : वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको जात्रा मंगलबारदेखि सुरु भएको छ। पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले मच्छिन्द्रनाथक...
धादिङ : मुठी रोपेर मुरी उब्जाउने महिना अर्थात्। अझ असारको मध्यदिन १५ गते। यही दिन देशभर धान दिवस र रोपाइँ जात्रा मनाइँदै छ। सरकारले देशभरका विभिन्न भागमा धान दिवस र रोपाइँ दिवस मनाइरहेको छ।
यो महिना किसानहरु वर्षभरिको छाकका जुटाउन खेती लगाउन व्यस्त छन्। कृषि प्रधान देशमा वर्षमा एक दिन हिलोमा पस्नै पर्ने मान्यता छ। मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्।
धादिङको धुनेबेंसी नगरपालिकामा धान दिवस र रोपाइँ महोत्सव मनाइएको छ। नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको उक्त महोत्सवमा युवायुवतीले हिलो छ्यापाछ्याप गरेर रोपाइँ दिवस मनाएका छन्।
रोपाइँका क्रममा युवा राष्ट्रिय झण्डासहित हिलोमा पसेका थिए। उनीहरूले रोपाइँ दिवस नेपालको मौलिक पर्व रहेको सन्देश पनि दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।