पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
नवलपुर : प्रसिध्द धार्मिकस्थल सेतीवेणीमा विश्वकै ठूलो शालिग्राम छ । गुल्मी , स्याङ्जा र पर्वतको संगमस्थल यस पवित्र धार्मिकस्थलमा कालीगण्डकीको जलस्तर अस्वभाविक बढेपनि शालिग्राम कहिल्यै नडुब्ने विश्वास छ।
पर्वतबाट बग्ने सेती खोला र मुक्तिनाथबाट आएको कालीगण्डकीको बेणी हुनाले यसलाई सेतीवेणी नामाकरण गरिएको धार्मिक मान्यता छ । विष्णुका रुपमा मानिने शालिग्रामको छुट्टै महत्व छ ।
विस्तारै ठाउँ साँघुरिएकाले पूजाका लागि शिला शालिग्रामलाई परिक्रमण गर्ने स्थान छैन । भएको ठाउँलाई बाढीले लगेको छ। तीन जिल्लाको संगम यस धार्मिकस्थलमा तीनवटा सरकारमध्ये कसैले पनि नजर नलगाएको पुजारी पराजुलीले बताए।
धार्मिकस्थलका रुपमा विका नहुँदा सेतीबेणी बजार पछि परिरहेको छ। जसले ब्यापारी यहाँबाट बसाइँ सरिरहेका छन् । ५० वर्षदेखि सेतीबेणीमा ब्यापार गरिरहेका प्रेम अर्याल दिन प्रतिदिन बजार खस्किएको बताउँछन्।
एकातिर संरक्षण अभावमा यो ठाउँ ओझेलमा छ। अर्कातिर जनप्रतिनिधिहरुको यहाँ नजर पुगेको छैन। त्यहीकारण आन्तरिक र बाह्य पर्यटकको केन्द्र बन्न सक्ने शिला शालिग्राम र सेतिबेणी क्षेत्रले चर्चा पाउन सकेका छैनन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।