अर्थ

शेयर बजार दोहोरो अंकले घट्यो

असार १५, २०७६

    साताको पहिलो दिन नै शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्ले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.२७ बिन्दुले घटेर एक हजार २४४.८९ बिन्दुमा झरेको छ।

    प्रतिशतका आधारमा नेप्से झण्डै एक प्रतिशतले घटेको हो। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९२ बिन्दुले घटेर २६९.२४ अङ्कमा पुगेको छ। नेप्से घटेपनि कारोवार रकममा भने सामान्य सुधार देखिएको छ। कूल १७२ कम्पनीको २३ लाख ६१ हजार ५०० कित्ता शेयर ६४ करोड ५० लाख ९९ हजार ३७ मूल्यमा खरिद बिक्री भए। 

    कारोवार भएका कूल ११ उपसमूहकै शेयर ओरालो लागेको छ। विशेष गरी निर्जीवन बीमा उपसमूहको शेयर आज सबैभन्दा बढी बिन्दुले घटेको हो । सो उपसमूह शेयर ५९ दशमलव ९७ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ११.८५, होटल ५,२६, विकास बैंक १२.६९, जलविद्युत् १३.१३, वित्त २.९, उत्पादन ३६.३८, अन्य ३.३९, लघुवित्त १५.३९, जीवन बीमा ५८.२९ र सामूहिक लगानी कोष ०.३ प्रतिशतले घटेको छ। 

    स्टकका अनुसार ग्लोबल आइएमइ बैंकको संस्थापक शेयर १० करोड ३८ लाख, नेपाल बैंक ६ करोड ३९ लाख पाँच हजार ९४४, शिवम सिमेन्ट पाँच करोड ८० लाख ७१ हजार ४५५, प्रभु बैंक रु तीन करोड ४१ लाख १३ हजार ५२०, एनसिसि बैंक तीन करोड २५ लाख ७५ हजार ५९४, सिदार्थ बैंक दुई करोड ६६ लाख ७४ हजार ७०८ र हिमालयन डिस्टिलरीको शेयर दुई करोड ६० लाख चार हजार ७३० मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे। 

    स्टकका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.७१ प्रतिशतले कमाए। मल्टिपर्पोज फाइनान्स कम्पनी५.०४, अरुण काबेली पावर ३.२८, सिभिल लघुवित्त वित्तीय संस्था २.१९ र यूनिलिभर नेपालका शेयरधनीले २ प्रतिशतले कमाए। त्यस्तै रैराङ हाइड्रोपावर कम्पनीका शेयरधनीले ६.९५ गुमाउँदा गुराँस लघुवित्त वित्तीय संस्था ५.९२, शिवम् सिमेन्ट ४.३४, सिन्धु विकास बैंक ४.२५, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४.१९ र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]