समाज

धान दिवसमा रोपाहार बने कानुनमन्त्री

असार १५, २०७६

    दमक ( झापा) : राष्ट्रिय धान दिवसका अवसरमा प्रदेश-१ का आन्तरकि मामिला तथा कानुनमन्त्री हिक्मत कार्की विभिन्न ठाउँमा रोपाहार बनेर पुगे। झापाको कमल गाउँपालिकाले आयोजना गरेको धान दिवसमा उनले केहीबेर रोपाइँ गर्दा गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले उनलाई रोपाइँ गर्न सिकाइन् पनि।

    सोही कार्यक्रममा २८ जना किसानलाई गाउँपालिकाको तर्फबाट सम्मान गरिएको थियो।  यस्तै मन्त्री कार्कीको गृहनगर झापाकै गौरादह १ मा पनि उनी रोपाइँ गर्न पुगे।

    उद्यमी कृषि सहकारी संस्थाले अढाई बिघा जमिनमा गरेको सामूहिक रोपाइँमा उनी पुगेका हुन्। सो क्रममा संस्थाले १५ जना किसानलाई उन्नत जातका बोकासमेत वितरण गरेको संस्थाका अध्यक्ष भुपराज लुइँटेलले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]