खेलकुद

विश्‍वकप क्रिकेट :  इङ्ल्यान्डसँग भारत ३१ रनले पराजित

असार १५, २०७६

    काठमाडौंः विश्वकप क्रिकेट प्रतियोगिताको ३८ औँ खेलमा घरेलु टोली इङ्ल्यान्डले भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसगै इङ्ग्ल्यान्डले सेमीफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ। यस जीतका साथ इङ्ल्यान्डले विश्वकपमा भारतविरूद्ध २७ वर्ष लामो प्रतिक्षापछि जितको खडेरी पनि टारेको छ। 

    आइतवार बर्मिङ्घमको एजबेस्टनमा खेलिएको खेलमा इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै दिएको ३३८ रनको लक्ष्य पछ्याएको उपाधि दाबेदार भारत ओभर ५ विकेट गुमाउँदै ३०६ रनमा समेटिएर पराजित भएको हो।

    पहिले ब्याटिङ गरेको इङ्रल्यान्डले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो। इङ्ल्यान्डका लागि जोनी बेयरस्टोले १११ रनको शानदार पारी खेले। उनले यस विश्वकपमा पहिलो सतक बनाए।

    स्टोक्सले यस विश्वकपमा चौथो अर्थसतक बनाए। उनी ७० रन बनाएर पेभेलियन फर्किए। भारतका लागि मोहम्मद शमीले ५, कुलदीप यादव र जसप्रीत बुमराहले  एक-एक विकेट लिए।

    इङ्ल्यान्डका कप्तान इयान मोर्गन १ रनमै पेभेलियन गए। जो रूटले ४४ रनको पारी खेले। जोस बटलर ८ बलमा २० रन बनाएर आउट भए। जेसन रोय ६६ रन बनाएर आउट भए। जेसनको यो १६ औँ अर्धसतक हो। उनले पहिलो विकेटका लागि बेयरस्टोसँग १६० रनको साझेदारी गरे।

    शमी लगातार तीन खेलमा ४ भन्दा धेरै विकेट लिने दोस्रो भारतीय खेलाडी बने।यसअघि नरेन्द्र हिरवानीले सन् १९८८ मा यस्तो उपलब्धि लिएका थिए।

    शमी विश्वकपमा लगातार तीन पटक ४ भन्दा धेरै विकेट लिने दोस्रो बलर हुन्। यसअघि पाकिस्तानका शाहिद अफ्रिदीको नाममा यो उपलब्धि थियो। शमीले यस विश्वकपमा १३ विकेट लिइसकेका छन्।

    भारता लागि ऋषभ पन्त ३२ रन बनाएर पभेलियन फर्किए। हार्दिक पन्ड्या ४५ रन बनाएर आउट भए। रोहित शर्माले १०२ रनको गतिलो पारी खेले। यस विश्वकपमा उनको तेस्रो र करिअरको औँ सतक हो। 

    रोहितले  दक्षिण अफ्रिकाविरूद्ध १२२ र पाकिस्तानविरूद्ध १४० रन बनाएका थिए। कप्तान विराट कोहलीले ६६ रन बनाएर आउट भए। उनले यस विश्ववकपमा लगातार पाँचौँ अर्धसतक बनाए। कोहलीले दोस्रो विकेटका लागि रोहितसँग मिलेर १३८ रनको साझेदारी गरे। 

    भारतलाई हराएपछि  इङ्ल्यान्ड ८ खेलबाट १० अंकसहित तालिकाको चौथो स्थानमा पुगेको छ ।  इङ्ल्यान्डको जीतले पाकिस्तानको तनाव बढेको छ ।

    यदि भारतले जितेको भए पाकिस्तान अंक तालिकामा चौथो स्थानमै यथावत हुन्थ्यो। पाँचौ स्थानमा धकेलिएको उसले बंगलादेशसँग जित निकालेर मात्रै पुग्ने छैन भाग्यको पनि भरोसा पर्नुपर्ने भएको छ । 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]