विश्व

चार अर्ब ३३ कराेड कुम्ल्याएर राजकुमारी भागेपछि....

असार १६, २०७६

    संयुक्त अरब इमिरेट् युएईका  शेख मोहम्मद बिन राशिद अल मकतूमकी श्रीमती राजकुमारी हया बिन्त अल हुसैनले देश छाडेर भागेकी छन्। 

    उनले करिब चार अर्ब ३३ करोड ६० लाख रूपैयाँसहित दुई बच्चा लिएर भागेको जनाइएको छ।  राजकुमारी हया मकतुमकी छैंठौं श्रीमती हुन्। उनले सन् २००४ मा युएईका शेखसँग विवाह गरेकी थिइन्।

    उनी लण्डनमा लुक्दै आएको जनाएको छ। उनी जेर्डनका राजा अब्दुल्लाकी सौतनी बहिनी हुन्। हया दुबईबाट भाग्नुअघि जर्मनी गएकी थिइन्। त्यहाँबाट उनले राजा शेख मोहम्मदसँग सम्बन्ध बिच्छेदन (तलाक) मागेकी थिइन्। 

    राजकुमारी हयाले जर्मनीलाई राजनीतिक शरण दिन आग्रह गर्दै आएको जनाएको छ। जर्मनले नै उनलाई भाग्न मद्दत गरेको समाचारमा जनाएको छ।  जर्मनीले राजकुमारीलाई राजनीतिक शरण दिए राजनैतिक संकट हुने युएईले जनाएको छ।

    यसैबीच राजकुमार शेख मोहम्मदले जर्मनीसँग आफ्नी पत्नीलाई फिर्ता पठाउन जर्मनसँग आग्रह गर्दै आएका छन्। जर्मनीका अधिकारीहरूले भने उनको अनुरोध अस्वीकार गरेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]