समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालन हुने

असार १६, २०७६

    काठमाडौं : आजदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनमा आउने भएको छ। 

    विगत तीन महिनादेखि दैनिक १० घण्टामात्रै सञ्चालनमा आएको विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा आउने त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षत्रीले जानकारी दिए।  ४० वर्षपछि पहिलो पछक धावनमार्ग मर्मत गर्नका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिएको थियो। 

    चिनियाँ निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको उक्त धावनमार्ग कालोपत्रेको काम तोकिएकै समयभित्र सकिएको महानिर्देशक क्षत्रीको भनाइ छ। अब विमानस्थल बिहान ६ बजेदेखि अर्को बिहान ३ बजेसम्म दैनिक सञ्चालनमा आउने छ। 

    नयाँ कालोपत्र गरिएपछि अबको १० वर्षका लागि विमानस्थलमा विमान उडान र अवतरणमा हुँदै आएका समस्या अन्त्य भएको महाप्रबन्धक क्षेत्रीको दाबी छ। क्षेत्रीले भने, ‘गत वर्षको वर्षाको मौसममा मात्रै ५ पटकसम्म धावनमार्गमा खाल्डो परेर जहाजलाई आकाशमै होल्ड गराउनु परेको थियो। अब भने त्यो समस्याको अन्त्य भएको छ। अब धावनमार्ग र ट्याक्सी वेमा कम्तीमा १० वर्ष कुनै समस्या हुँदैन। अब विमानस्थल २४ घण्टा पनि सञ्चालन गर्न सक्छौँ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]