समाज

संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

फाइल फोटो
असार १६, २०७६

    संखुवासभा : जिल्लाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । 

    सोमबार बिहान ९ बजेको समयमा सिलिचोङ गाउँपालिका-१ होयङ्मामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको पुष्टि जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मिम लामाले गरे। 

    ‘सिलिचोङमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको खबर प्राप्त भएको छ’, उनले भने, ‘घटनाको जानकारी पाएपछि जिल्ला र नजिकको पोस्टबाट पनि थप बल त्यसतर्फ पठाएका छौँ।’

    प्रहरी स्रोतका अनुसार विप्लवका कार्यकर्तासँग गोली हानाहान भएपछि प्रहरीको टोली तित्तरवित्तर भएको छ। सदरमुकाबाट दुई दिन पैदल उत्तर उक्त स्थानमा प्रहरी टोली गइसके पनि पुग्न सकेको छैन। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]