काठमाडौं : पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। गएराति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिथिला नगरपालि...
संखुवासभा : सभापोखरी गाउँपालिकाले दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार सेट वितरण गरेको छ। गाँउपालिकाले ६ वटै वडाका नागरिकलाई वितरण गरेको हो।
विद्युत् सेवा नपुगेको पाँचतला, टुम्सीकुर, आपुङ, सिदेक्पा, इथुक्बुलगायत दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क सोलार सेट वितरण गरिएको वडा नम्बर ६ का अध्यक्ष विकास पौडेलले जानकारी दिए। स्थानीय सरला तामाङले पहिलो पल्ट घर झिलिमिली बनाउन पाउँदा खुसी लागेको बताइन्। राति घरायसी कामकाज गर्न र केटाकेटीलाई पढ्न सजिलो भएको उनको भनाइ छ।
इन्द्र तामाङले सोलार सेट पाएपछि घण्टौं लगाएर मोबाइल चार्ज गर्न बाह्रबीसे जानुपर्ने बाध्यता समेत हटेको बताए।
सभापोखरी गाउँपालिकामा सभाखोला लघु जलविद्युतको २७ किलोवाट र चिन्ठे खोलाको १५ किलोवाट विद्युत उत्पादन भइ पनि ग्रामीण भेगसम्म बिस्तार हुन सकेको छैन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।