समाज

किसानलाई खडेरीका कारण भोकमरीमा परिने चिन्ता

असार १८, २०७६

    उदयपुरः खडेरीको कारण उदयपुरका किसानमा मारमा परेका छन्। पहाडी क्षेत्रमा चैत्र रोपेको मकै पानी नपरेकै कारण मरेको छ, भने धान फल्ने खेतमा रोपाइँ हुन नसकेपछि किसान मारमा परेका हुन्।

    उदयपुरको ताप्ली, लिम्चुङबुङ, कटारी नगरपालिका लगायतका कोशी गढतिर क्षेत्रमा बर्खे मकै पानी नभएकै कारण परेको छ। राष्ट्रिय कृषक समुह महासंघ उदयपुरका जिल्ला अध्यक्ष कुशल राउतले कटारी नगरपालिकाको १४ नम्वर वडा लेखानी क्षेत्रलाई खुख्खा क्षेत्र घोषणा गर्नु पर्ने अवस्था आएको बताए। ‘लेखानी, लगायतका सिचाँईको सुविधा नभएको क्षेत्रमा मकैनै मरेको छ,’ उनले भने, ‘पहाडी क्षेत्रमा भोकमरीको समस्या आउने भएको छ।’

    १० प्रतिशत मात्र रोपाइँ

    पहाडी क्षेत्रको मुख्य बालीको रुपमा किसानले लगाउँदै आएको मकै बाली खडेरी सखाप भएको छ। यता पानी नभएकै कारण रोपाईन पनि हुन नसकेको कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख सरोजकान्त अधिकारी बताउँछन्। ‘धान रोप्ने समयमा प्रयाप्त पानी नपर्दा उदयपुरमा १० प्रतिशत मात्र रोपाई भएको छ,’ उनले भने, ‘असारको तेस्रो साता सकिन लाग्दा समेत पानी नपरेपछि कृषक समस्यामा परहेका छन, यसपालिका धान उत्पादन घट्ने भयो।’

    जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार हालसम्म ३२ प्रतिशत हेक्टरमा मात्र रोपाई भएको छ। केन्द्रका अनुसार कुल धान उत्पादन हुने १३ हजार ३ सय ८० हेक्टर खेतमा ४ हजार ४ हेक्टर मात्र रोपाई भएको छ। ‘सिचाँई सुविधा नभएको धान खेती हुने जमिन बाँझै छ,’ प्रमखु अधिकारीले भने, ‘पहाडी क्षेत्रका खोलानाल समेत सुकेकाले रोपाइँ हुन सकेको छैन।’

    मध्य पहाडी क्षेत्रका कृषकहरुले धान रोपी सक्नुपर्ने खेतहरुमा अहिलेसम्म बाँझै रहेको स्थानीय कृषकहरुको भनाई छ। पहाडी क्षेत्रमा पर्ने हर्देनीका कृषक पूर्ण वहादुर राउतले धान रोप्ने समयममा पानी नपरेकाले रोपाँई गर्न नसकेको बताउँछन। सिचाँईका योजनाहरुमा आकाशे पानीबाट सिचाई हुने ८ हजार १ सय ५० र  मौसमको अधारमा सिचाँई हुने ९ हजार एकसय २५ हेक्टर खेती योग्य जमिन छ।

    उदयपुरको भित्री मधेसमा पर्ने कटारी, त्रिवेणी, रिस्कु, गाईघाट, नेपालटार, हडिया, जोगिदह, वेल्टार, वसाहा, सुन्दरपुर, रामपुर ठोक्सिला लगायतका क्षेत्रमा असारको अन्तिम सातासम्म रोपाँई गर्दा पनि ढिलो नहुने भन्दै पहाडी क्षेत्रमा पर्ने हर्देनी, मयँखु, सिरिसे, लिम्पाटार लगायतका पहाडी लेकमा पर्ने क्षेत्रमा रोपाइँ गर्ने समय भड्किरहेको अधिकारीको भनाइ छ।

    जिल्लामा १३ हजार हजार तीनसय ८० हेक्टरमा वर्षे धान रोप्ने गरिन्छ। वर्षे धान, भदैया, चैते धान गरी जिल्लामा जम्मा १४ हजार सातसय ५६ हेक्टर जमिनमा ५८ हजार नौ सय ५८ मेट्रिकटन वार्षिक धान उत्पादन हुँदै आएको छ।

    पहाडी क्षेत्रमा खडेरीले मकै सखाप

    उदयपुरको पहाडी क्षेत्रमा बारीमा छरेको मकै खडेरीले सखापै भएको छ। सुनकोशी किनार आसपास र माथिल्लो भेगका गाउँहरुमा खडेरीले मकै सुकेर ढोड बनेपछि कृषकहरु चिन्तित बनेका हुन्। सुनकोशी किनारमा रहेका ताप्ली, कटारी, लिम्चुङबुङ लगायतका क्षेत्रमा मकैबाली खडेरीको मारमा परेको कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख अधिकारीले बताउँछन।

    ‘पहाडी भेगको मुख्य बालीको रुपमा लगाईने मकै खडेरीले विरुवामै सुकेर सेताम्य भएको छ,’ उनले भने, ‘निकै लामो समयदेखि बेँसी सुनकोशी किनार आसपासमा पानी नपरि खडेरी लागेको भएपनि अहिले भने लेकमा समेत मकै मर्न थालेको कृषकको गुनासो छ।’

    बारिमा छरिएका मकै मरेर सखाप भएको छ भने पानीको मुहान सुखेपछि खेतमा रोप्नलाई राखिएको धनको विउ (व्याड) समेत मरेको ताप्लीका अगुवा किसान तोपबहादुर ज्यु ठकुरी बातउँछन। ‘खाउँला भनेर छरेको मकै बारीमा सेताम्य भएर मरेपछि के खाने, के गर्ने भन्ने बारेमा स्थानीयहरु सोच्न बाध्य भएका छन,’ उनले भने, ‘जेठ महिनाको खडेरी झनै समस्या निम्ताएको छ।’

    खडेरीले वन जंगल नै सुकेपछि गाई वस्तुको लागी घाँस पातमा समेत समस्या आएको छ। असारको मध्यमा फुस्रा डाँडापाखाहरु पनि हरियाली हुनु पर्ने हो तर यसपाली भने चैत झै सुख्खा डाँडा फुस्रा नै भएको स्थानियहरु बताउँछन। खानेपानीको मुहान सुख्न थालेपछि पुरानै बाबु बाजेले प्रयोग गर्दै आएका कुवा, पधेँरा, खोला धाउनु पर्ने बाध्यता छ।

विदुर कटुवाल

कटुवाल ०७६ असोजसम्म थाहा खबरका उदयपुर समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]