काठमाडौँ : कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रह...
भोजपुर : भोजपुर सदरमुकामको देउराली सौदाचोकमा फेला परेको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।
सौदाचोकदेखि बोखिम जाने बाटोको सिँढीमा रातो झोलामा राखिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
उक्त घरेलु बम निष्क्रिय गर्न धनकुटाबाट सेनाको बम डिस्पोजल टोली भोजपुर पुगेको हो। उक्त बम मोबाइल, डेटोनेटर र घरेलु बारुदबाट बनाइएकोे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उक्त बमलाई २ नम्बर वाहिनी अड्डा हिलेबाट आएको नेपाली सेनाको टोली निष्क्रिय गरेको हो।
शंकास्पद बस्तु राखिएपछि सौदा चौक वरापरका स्थानीय बुधबार दिनभर त्रसित भए। बुधबार बिहान करिब साढे ११ बजेतिर शंकास्पद बस्तु रहेको झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।