काठमाडौं : पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। गएराति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिथिला नगरपालि...
डोटी : जिल्लाको पूर्वीचौकी गाउँपालिकामा एचआइभी संक्रमितलाई बाख्रा वितरण गरिएको छ। आर्थिक अवस्था कमजोर रहेका परिवारका व्यक्तिलाई गाउँपालिकाले बाख्रा वितरण गरेको हो।
दुई सयभन्दा धेरै संक्रमित रहेको पूर्वीचौकी गाउँपालिकामा आर्थिक अवस्था कमजोर भएका २१ जनालाई जनही १/१ ओटा बाख्रा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए। बोगटीले भने ‘यो जिल्लाकै सबैभन्दा बढी संक्रमित भएको गाउँपालिका हो, हामीले अति विपन्न परिवारलाई बाख्रा दिएका छौँ।’ बोगटीले थपे ‘यो हाम्रो प्रारम्भिक कार्यक्रम हो, राम्रो प्रतिफल आएमा ठूलो मात्रमा यस्ता कार्यक्रम ल्याउछौँ।’
पूर्वीचौकी गाउँपालिकामा आयोजित बाख्रा वितरण कार्यक्रममा बोल्दै पूर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला साउँदले एचआइभी संक्रमितको आर्थिक अवस्थामा सुधार गर्ने उद्देश्य राखेर वितरण गरिएको र आगामी वर्षमा बाँकी रहेका संक्रमितलाई सहयोग गाउँपलिकाले सहयोग गर्ने बताइन्। उनले वितरण गरिएका बाख्रा व्यावसायिक रुपमा पाल्न आग्रह गरिन्।
बाख्रा पालन गरेमा राम्रो आम्दानी गर्न सकिने रानी ढुंगा लालीगुराँस एकता समाजकी अध्यक्ष जगु थापाले बताइन्। उनले भनिन् ‘हामीले आस गर्ने भनेकै स्थानीय सरकार हो, अहिले यो कार्यक्रम ल्याएको छ त्यो ठीक छ अब गाउँपालिकाले आय आर्जन वृद्धि गर्ने खालका महत्वपूर्ण कार्यक्रम गर्न जरुरी छ।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।