विश्व

इन्धन ट्यांकर विस्फोटमा ३५ को मृत्यु, १०१ जना घाइते

असार १८, २०७६

    नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार घटनामा परी अरु १०१ जना घाइते पनि भएका छन् ।    

    बेन्यु राज्यको अहुम्बे गाउँमा सोमबार घटना भएको हो। सडकमा ट्याङ्कर पल्टिएर दुर्घटना भएको बताइएको छ। ट्याङ्करबाट चुहिएको पेट्रोलियम पदार्थ थाप्नेहरुको भिड लागेका बेला ट्याङ्करमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् ।    

    सडक सुरक्षा दलका प्रदेश कमाण्डर अलियु बाबाले प्रदेश राजधानी माकुर्दीमा पत्रकारहरुलाई दिएको जानकारी अनुसार भत्किएको सडकमा चालकले लापरवाही तरिकाले ट्याङ्कर चलाएका थिए। त्यही बेला ट्याङ्कर हल्लिएर पल्टिएको उनले बताए।    

    आगलागी हुनुभन्दा अगाडि कम्तीमा ४५ मिनेटसम्म स्थानीयवासीले पेट्रोलियम पदार्थ थापेका थिए। उनीहरुले पेट्रोलियम पदार्थ थापिरहेकै बेला एउटा बस आएर त्यही ट्याङ्करमा ठोक्किएपछि आगलागी भएको थियो। मारिएका मध्ये १४ जना बसका यात्रु रहेका छन् भने अरु पेट्रोलियम पदार्थ थाप्न आएका स्थानीय बासिन्दा रहेका छन्।    

    नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले एक व्यक्तव्य जारी गर्दै घटनामा परी निधन भएकाहरुप्रति दुःख व्यक्त गरे छ भने घाइतेहरुको स्वास्थ्य लाभको कामना गरे।    

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]