समाज

'गुठी विधेयकले निजीलाई छोएकै थिएन, नियतवश भ्रम फैल्याए'

असार १८, २०७६

    पर्वत: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठी विधेयकले निजी गुठीलाई नछुँदा पनि जनतामा गलत ढङ्गले भ्रम फैल्याएको बताएकी छन्। 

    जिल्ला नापी कार्यालय पर्वतको उद्घाटन गर्दै मन्त्री अर्यालले गुठी विद्येयक अन्य गुठीलाई प्राधिकरण मातहत ल्याएर व्यवस्थापन गर्ने उद्देश्य भए पनि निजी गुठीका हकमा कुनै प्रावधान नै नभएको स्पष्ट पारिन्।  

    मठ मन्दिर र धार्मिक क्षेत्रलाई अझै व्यवस्थित बनाउननै प्राधिकरणको अवधारणा आएको बताउँदै उनले देशभरका गुठीलाई छाता बनाएर व्यवस्थित गर्ने तयारी थालेकाले बुझेर मात्र विरोध गर्न आग्रह गरिन्। 

    मन्त्री अर्यालले भूमिको समुचित व्यवस्थापन नभएसम्म देशले समृद्धि हासिल गर्न नसक्ने बताउँदै भूमिसम्बन्धी समस्या पहिचान गरी ऐन बनाइ अझै व्यवस्थित गराउने तयारी थालिएको बताइन्। 

    मालपोत र नापी कार्यालयमा हुने ढिलासुस्ती र अनियमिमता रोक्न सरकारले उच्च प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको स्पष्ट पारिन्। 

    “सेवा प्रवाहमा फरकपन आउने गरी प्रविधिको उच्चतम प्रयोग भइरहेको छ”, उनले भनिन्, “सुशासन प्रर्वद्धन गर्नु पहिलो शर्त भएकाले सेवाग्राही मैत्री प्रविधि प्रयोगमा जोड दिइएको छ ।”
     
    यसैगरी नेपाल कम्युनिष्ट पार्टी पर्वतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री अर्यालले सरकारले जनतालाई केन्द्रमा राखेर काम गर्दा चारैतिरबाट प्रहार भएको बताइन्। 

    जनतालाई नोक्सानी नै हुने गरी रौं बराबरको पनि गलत काम नगरेको उनले दाबी गरिन्। “हामीले जानेर गलत काम केही पनि गरेका छैनौं”, उनको भनाइ थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]