छापा

एक सुब्बाको सरुवा गराउन २२ सांसद लागे : मन्त्री पण्डित

असार १९, २०७६

    काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक नासुको सरुवा गराउन ३२ सांसद लागेको सुनाएका छन्।

    प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा निजामति विधेयकको दफाबार छलफलमा बुधबार उनले कर्मचारीमा सांसदले दबाब दिने गरेको औँल्याएका हुन् भन्ने खबर कान्तिपुर दैनिकमा छ। 

    ‘कर्मचारीको सरुवा नबोक्ने माननीयहरुको संख्या कति होलारु’ उनले भने, ‘एकजना नायव सुब्बाले एक ठाउँमा सरुवा गराउन ३२ जना माननीयलाई लिएर मकहाँ आए, तर मैले गरिन।’ उनले ती नासु र सांसदको नाम नखुलाई अघिल्लो कार्यकालको घटना भन्दै अहिले त्यस्तै अवस्था रहेको बताए। ‘मैले १० औं गुना पीडा भोगेको छु, सरुवाका लागि मन्त्रालयमा शारीरिक बल समेत प्रयोग हुने गरेको छ।’ मन्त्री पण्डितले भने। 

    पूर्वमन्त्री तथा राज्य व्यवस्था समिति सदस्य जनार्दन शर्माले पनि कर्मचारीहरु सरुवा गराइदिनुपर्यो भन्दै धाउने गरेको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]