काठमाडौं : डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन्। उनी काठमाडौं महान...
युरोपेली मुलुक इटाली हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन्। मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका २७ वर्षीय सन्तोष श्रेष्ठ रात्रि आक्रमणमा परी मारिएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास संगठन (आईओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।
आक्रमणमा परी श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ। यही असार १७ गते उक्त आक्रमण भएको र नेपाली मृतकका बारेमा थप विवरण प्राप्त नभएको दूतावासले बताएको छ ।
त्रिपोलीमा रहेका श्रेष्ठको शव नेपाल ल्याउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो। यसअघि आठ जना नेपालीलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काइएको थियो।
अझै छ जना नेपाली आइओएमको शिविर त्रिपोलीमा रहेको तथा उनीहरूलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले विज्ञप्ति जारी गरी बताएको छ । त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनासँग दूतावासले सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।