राजनीति

राप्रपा केन्द्रीय प्रशिक्षण विभागको बैठक आज

असार १९, २०७६

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय प्रशिक्षण विभागको बैठक बस्दैछ। राप्रपा केन्द्रीय कार्यालयमा दिउँसो साढे २ बजे बस्ने बैठकमा पार्टीले चलाउने प्रशिक्षणबारे छलफल हुने पार्टी प्रवक्ता एवं विभाग प्रमुख भुवन पाठकले जानकारी दिए।

    राप्रपाले यही साउनको पहिलो हप्तादेखि देशव्यापी प्रशिक्षण थाल्ने तयारी गरेको छ। पहिले केन्द्रमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेर देशका ७५३ वटै तहमा रहेका कार्यकर्तालाई प्रशिक्षण दिने प्रवक्ता पाठकले जानकारी दिए। 

    कार्यकर्तालाई पार्टीको संगठनात्मक र सैद्धान्तिक विषयवस्तुबारे थप प्रष्ट पार्न प्रशिक्षण दिन लागिएको राप्रपाले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]