काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यानले) नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच हुने टी-२० शृंखलाको खेलतालिका परिवर्तन गरेक...
चिलीविरुद्ध शानदार जीत निकाल्दै पेरु कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ।
साविक विजेता चिलीलाई ३–० गोल अन्तरले पराजित गर्दै पेरुले फाइनलमा स्थान बनाएको हो। पहिलो हाफमा दुईगोलको अग्रता लिएको पेरुले खेलको २१ औंँ मिनेटमा इडिसन फ्लोरिसले गोल गर्दै अग्रता लिए त्यस्तै ३८औँ मिनेटमा यासहिमार यूटिनले गोल गर्दै पेरुको अग्रतालाई दोब्बर बनाए।
निकै प्रतिस्पर्धात्मक खेलमा चिलीले गोल गर्न भने सकेनन्। पहिलो हाफमा २–० को अग्रता लिएको पेरुले अर्को गोल गर्न अतिरिक्त समय कुर्नु पर्यो। खेलमा थपिएको अतिरिक्त समएको एक मिनेटमा पेरुका लागि अर्को गोल पाउलो गाउरेरोेले गर्दै जीत सुनिश्चित गरे। पेरुसँग हारेको चिलीले भने तेस्रो स्थानका लागि अर्जेन्टिनासँग भिड्ने छ।
पेरु सन् १९७५ पछि पहिलो पटक फाइनलमा पुगेको हो। उसले १९७५ मा कोपा अमेरिका कपको उपाधि उचालेको थियो। त्यसपछि फाइनलमा स्थान बनाउन नसकेको पेरु ४४ वर्षपछि फाइनलमा पुगको छ। फाइनलमा अब पेरुले आयोजक ब्राजिलको सामना गर्ने छ। समूह ए मा रहेका दुवै टोली फाइनलमा पुगेका हुन्। समूह चरणको खेलमा पेरु ब्राजिलसँग ५–० गोल अन्तरले पराजित भएको थियो।
त्यसपछि उत्कृष्ट खेल खेलेको पेरु भने समूह चरणमा बोलिभियालाई ३–१ गोल अन्तरले हराएको थियो। समूह ए मा रहेको पेरु उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो। क्वार्टरफाइनलमा उरुग्वेलाई पेनाल्टीमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको पेरुले भने फाइनलमा सन् २०१६ को विजेता चिलीलाई स्तब्ध बनायो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।