खेलकुद

सेमिफाइनलमा न्युजिल्याण्डको पल्ला भारी, पाकिस्तानले गर्ला त चमत्कार?

असार १९, २०७६

    काठमाडौं : भनिन्छ, क्रिकेट अनिश्चितताको खेल हो। खेल चलिरहेका बेला नतिजा कता जान्छ भनेर अनुमान लगाउन धेरै गाह्रो पर्छ।

    कहिले खेल मात्र होइन, लीग चरण पनि अनिश्चित बनिदिन्छ। यस्तै भएको छ, जारी १२ औं संस्करणको विश्वकपमा पनि। लीग चरणबाट सेमिफाइनलमा पुग्ने ३ वटा टोलीको टुङ्गो लागि सक्यो। अष्ट्रेलिया, भारत र इङ्ल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेका छन्।

    इङ्ल्याण्डले बुधबार राति भएको खेलमा न्युजिल्याण्ड माथि फराकिलो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ। न्युजिल्याण्ड भने पाकिस्तान र बंगलादेश बिचको खेलको नतिजा कुर्न बाध्य बनेको छ। अफगानिस्तान, वेष्टइण्डिज, श्रीलङ्का, बंगलादेश र दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएका छन्। अब सेमिफाइनल प्रवेशको सम्भावना पाकिस्तान र न्युजिल्याण्डको मात्र वाँकी छ। 

    त्यसमा न्युजिल्याण्डको सम्भावना बढी छ। यसको अर्थ पाकिस्तानको सम्भावना सबै सकियो भन्ने चाँही होइन। अब पाकिस्तानका लागि एक मात्र बाटो खुल्ला छ, त्यो हो बंगलादेश माथी फराकिलो जित। पाकिस्तान र न्युजिल्याण्ड बिच नेट रनरेटले ठुलो प्रभाव पार्ने निश्चित छ। पाकिस्तानले सेमिफाइनलमा पुग्न बंगलादेशलाई जितेर मात्र पुग्दैन, भारी अन्तरको जित निकालेर न्युजिल्याण्डको भन्दा रनरेटमा सुधार गर्नुपर्नेछ। जारी विश्वकपको अंक तालिकामा न्युजिल्याण्ड ११ अंक सहित चौथो स्थानमा र पाकिस्तान ९ अंक सहित पाचौं स्थानमा छन्।

    न्युजिल्याण्डले लीग चरणका सबै खेल खेलिसकेको छ। पाकिस्तानले  बंगलादेशसँग अन्तिम खेल खेल्दैछ। यदि बंगलादेशलाई हराउन सके पाकिस्तानको पनि ११ अंक हुनेछ। तर, न्युजिल्याण्डको नेट रनरेट ०.१७५ छ भने पाकिस्तानको माइनस ०.७९२ रहेको छ।

    न्युजिल्याण्डलाई सेमिफाइनल पुग्न पाकिस्तानको सामान्य जितले पनि रोक्ने छैन्। पाकिस्तानको हार र बंगलादेशसँगको खेल वर्षाका कारण रद्ध भए नेटरनरेटको कुनै हिसाब हुने छैन्।

    भारत र इङ्ल्याण्डको खेल हुनु अघि सम्म पाकिस्तानको सम्भावना प्रवल देखीएको थियो। तर, भारत इङ्ल्याण्डसँग पराजित भए पछि नै पाकिस्तानका लागि सेमिफाइनल यात्रा कठिन देखिएको थियो।

    हिजोको खेलमा न्युजिल्याण्ड पनि इङ्ल्याण्डसँग हारेपछि पाकिस्तान माथि अझ दबाव थपिएको छ। बंगलादेशविरुद्ध  चमत्कारिक जित निकाल्दै पाकिस्तान सेमिफाइनलमा पुग्ला त? त्यो भने भोलीको खेल पछि थाहा हुनेछ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]