काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
पोखरा : मनाङ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) नेकपामा प्रवेश गरेका छन्।
मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा गण्डकीका इन्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टीमा स्वागत गरेका हुन्। मनाङेलाई टिका खादा लगाएर नेकपाको विधान र निर्देशिका हस्तान्तरण गरेर पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन्। मनाङेसँगै विप्लव समूहका नेता पुष्प कार्की पनि नेकपा प्रवेश गरे। कास्की सचिवालय सदस्य तथा माछापुच्छ्रे गाउँपालिकाका इन्चार्ज कार्कीलाई पनि पृथ्वी सुब्बा गुरुङले नै पार्टी प्रवेश गराएका हुन्।
मनाङेलाई नेकपामा स्वागत गरेका मुख्यमन्त्री गुरुङले भने, ‘अब मनाङ जिल्ला लाल किल्ला हुनेछ। अनि विस्तारै प्रदेशका ११ वटै जिल्ला लाल किल्ला हुनेछ।’ उनले कुनै व्यक्ति सुध्रन्छु भन्दा सुध्रने मौका दिनुपर्ने समेत बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।