काठमाडौँ : गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालनमा रोक लगाएको छ। सादा पोशाकमा ...
अर्घाखाँची : पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको पाखापानीमा कारको ठक्करबाट बिहीबार बिहान एकजनाको ज्यान गएको छ।
दुर्घटनामा परि सैनामैना नगरपालीका –४ का स्कुटर चालक २६ बर्षिय अजित सलामी मगरको उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। लु १ च १५८८ नम्बरको कार र लु ३६ प ४३१४ नम्बरको स्कुटर बिहान ३ बजे एकआपसमा ठोक्किएका थिए।
स्कुटरमा सवार सैनामैना ४ का २२ बर्षिय सन्जय पटेल र २६ वर्षीय विक्रम थारु घाइते भएको ट्राफिक प्रहरी बुटवलले जानाकारी दएको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने कार र कार चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।