समाज

अर्घाखाँचीमा जिप दुर्घटना २ जनाको मृत्यु

असार १९, २०७६

    अर्घाखाँची :  जिल्लाको ग‍ोरुसिंगे सन्धिखर्क सडकखण्डको सीतापुर सुपादेउराली मन्दिर नजिकै  जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

    दुर्घटनामा परी ५ जना गम्भीर घाईते भएका छन्। मृत्यु हुनेमा जिप चालक सन्धिखर्कका सुमन्त भुसाल रहेका छन् भने एकजनाको शनाखत हुन नसकेको बतइएको छ।

    कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको जिप सडकबाट झन्डै ५ सय मिटर तल भीरबाट खसेर दुर्घटनाग्रस्त  थियो। घाइते ५ जनाको प्राथमिक स्वास्थ्य केन्द्र  ठाडामा प्राथमिक उपचार भइरहेको छ।

    घाइते सबैको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल ल्याउने तयारी भइरहेको छ। दुर्घटना बारे खुल्न सकेको छैन। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]