महोत्तरी : बर्दिबास नगरपालिका–३ कालापानी जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बाप्र ०२–०४३ प ...
अर्घाखाँची : जिल्लाको भूमिकास्थान नगरपालिका-९ ढिकुराका किसान व्यावसायिक कागती खेतीतर्फ आकर्षित भएका छन्।
यहाँका किसान मोतीप्रसाद भट्टराईले खेतीयोग्य जमिन मासेर कागती खेती सुरु गरेका छन्। बिहानदेखि बेलुकासम्म आफूले लगाएको दुई सय बोट कागतीका विरूवाको स्याहार संरक्षणमै उनको दिन बित्छ।
कागतीका विरुवा हुर्काउन ३ देखि ५ वर्ष लाग्ने त्यसपछि भने राम्रो आम्दानी हुन थाल्ने भट्टराईले बताए। 'यो वर्ष हामीले १२ सय कागतीका विरुवा रोपेका छौँ' भट्टराईले भने।
कागती रोप्ने तरिका
हिउँद महिनामा ३ फिट गहिरो खनेर राखिएको खाडलमा प्रतिखाडल एकएक डोका कम्पोष्ट मल राखेर ४ हजार कलमी विरुवा रोपेको भट्टराईले सुनाए। गाउँमै कागती व्यवसाय फस्टाएमा विदेश जानबाट युवालाई रोक्न सकिने भट्टराईको बुझाइ छ। केही वर्षभित्र साबिक ढिकुराको १ देखि ९ वडाभरी ५० हजारभन्दा बढी कागतीको विरुवा रोपेर कागतीमय नगरगाउँ बनाउने लक्ष्य राखिएको भट्टराईले सुनाए।
भट्टराई मात्र होइन छिमेकी गिरीराज घिमिरेको बारीमा पनि १ सय बढी कागती रोपिएको छ। व्यावसायिक कृषि कागती पकेट क्षेत्रको रूपमा विकास गर्न र विदेश गएर नोक्कर बन्नुभन्दा यहीँ कागती खेती गरेर मालिक बन्न आफूहरूले व्यावसायिक रूपमा कागती खेती सुरू गरेको घिमिरे बताउँछन्।
उनी भन्छन्, 'हामी अहिले पनि विदेश जाने युवालाई रोकेर व्यावसायिक कागती खेती गर्न सुझाव दिएका छौं।' कृषि मन्त्रालयबाट ३० लाख र ढिकुरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ लाख ४० हजार गरि झन्डै ४० लाखको लागतमा पहिलो चरणमा १२ हजार कागतीका विरूवा रोपिएको स्थानीय किसान गिरीप्रसाद पोखरेलले बताए।
किसानलाई व्यावसायिकरूपमा गरेको कागती खेतीले ३ वर्षपछि नियमित आम्दानी दिने अगुवा कृषक खेमराज चुदालीले बताए।
भक्तपुर कमलाबिनायकमा लामो समयदेखि पुष्प व्यवसाय गर्दै आएका उनले ढिकुरालाई कागतीमय बनाएर नेपालका हरेक जिल्लाबाट कागती खरिद गर्न व्यापारी अर्घाखाँची पुग्ने वातावरण सृजना गर्नका लागि ५० हजार बढी कागतीका विरुवा रोप्ने योजना बनाएको बताए।
कागतीमय नगर बनाउने योजना
पहिलो चरणमै कागतीको विरुवा रोपेर शुभारम्भ गरेका नगर प्रमुख रेशम थापा आफ्नो नगर नै कागतीमय बनाउने बताउँछन्।
अनुदान दिएको रकमबाट राम्रो प्रतिफल नआएकाले यो आर्थिक वर्षमा किसानले उत्पादन गरेको आधारमा मात्र अनुदान दिइने पनि नगर प्रमुख थापाको भनाइ छ। त्यसका लागि यो वर्ष ३६ लाख छुट्टयाइएको उनको भनाइ छ। व्यावसायिक किसानलाई प्राविधिक र अनुदान दिएर नगरले किसानलाई सहयोग गर्ने उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।