फिचर

फोटोमा द्वन्द्वपीडितका पीडा

असार १९, २०७६

    काठमाडौः द्वन्द्वपीडितसम्बन्धी फोटो प्रदर्शनी बबरमहलको आर्ट काउन्सीलमा सुरु भएको छ। सात दिनसम्म चल्ने फोटो प्रदर्शनी राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गरेका हुन्।

    उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष शर्माले युद्धबाट पीडित भएका व्यक्तिलाई न्याय दिलाउनको लागि निरन्तर प्रयासमा रहेको बताए। पीडित पक्षले निरन्तर आवाज उठाउनु पर्ने बताउँदै उनले सरकार पनि जिम्मेवार हुर्नुपर्ने बताए।

    'राज्य र विद्रोही पक्षबाट नै अन्याय भएको छ। दुवै पक्षबाट पीडित परिवारले न्याय पाउनु पर्छ', उनले भने, 'सरकारलाई विभिन्न कार्यक्रम गरेर आयोगले निरन्तर दबाब दिइरहेको छ।'

    बेपत्ता पारिएकाहरूको अवस्था के छ भन्ने बारेमा तत्काल जानकारी गराउन द्बन्द्बपीडित चन्द्रकला उप्रेतीले माग गरिन्। उनले आयोगको प्रतिवेदन नआउँदासम्मका लागि द्वन्द्वपीडितको तत्कालको आवश्यकता र चाहना सम्बोधन गर्नुपर्ने बताइन्। राज्यले  पीडितमाथि कुनै किसिमको सहयोग नगरेकोले बाच्न गाह्रो भइरहेको उनको भनाइ थियो।

    प्रदर्शनी कार्यक्रमा शिल्पी नाटय समूहले द्वन्द्वपीडितको पीडा झल्किने खालको नाटकसमेत प्रदर्शन गरेको थियो। प्रदर्शनीमा ५० भन्दा बढी फोटो राखिएको छ। प्रदर्शनीमा सशस्त्र जनयुद्धमा राज्य र विद्रोही पक्षबाट पीडित बनाइकाहरू फोटो राखिएको छ।

    फोटोहरू :

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]