अर्थ

सरकारी स्वामित्वका उदयपुर र हेटौंडा सिमेन्ट उद्योग बन्द

असार १९, २०७६

    उदयपुरः नेपाल सरकारको स्वामित्वका दुई सरकारी सिमेन्ट उद्योग बन्द भएका छन्। उदयपुर सिमेन्ट उद्योगको एपी फ्यान र हेटौंडा सिमेन्टको मुख्य मेशिन बुस बेरिङ्गको प्रिजेकिङ्ग प्रेसर गेजमा समस्या आएपछि बन्द भएको हो।

    दुवै सिमेन्ट उद्योगको गएको एक महिनादेखि क्लिंकर उत्पादन बन्द भएको छ।  हेटौंडा सिमेन्ट उद्योग पुरै ठप्प भएको छ। विद्युत् भोल्टेजमा गडबडीले हाइटेन्सन एपी फ्यानको मोटरमा क्षति पुगेपछि क्लिंकर उत्पादन बन्द भएको उदयपुर सिमेन्ट उद्योगले जानकारी दिएको छ।

    उदयपुरको क्लिंकर उत्पादन बन्द

    उदयपुर सिमेन्ट उद्योगमा विद्युत् भोल्टेजमा गडबडीले हुँदा हाइटेन्सनमा  रहेको एपी फ्यानको मोटरमा क्षति पुगेको छ। बिग्रिएको मोटर मर्मतका लागि बुटवलस्थित नेपाल इन्जिनियरिङ एन्ड हाइड्रो वर्कसपमा पठाइएको उदयपुर सिमेन्ट उद्योगका नायव महाप्रबन्ध महेश काफ्लेले बताए। 

    ‘मर्मत भएर आएमा आगामी २५ गतेभित्र जडान गरी क्लिंकर उत्पादन सुरु गर्ने छौ,’ उनले भने, ‘एक वर्ष अघिनै चेन्ज गर्ने तयारी गरेका थियौं, सरकारी प्रक्रिया केही ढिलाई भएकाले अहिले समस्या आएको हो।’

    उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले एक लाख २२ हजार टन क्लिंकर उत्पादन भएर लक्ष्यमा पुग्नै लाग्दा हाइटेन्सन मोटरमा क्षति पुगेपछि उत्पादन बन्द भएको बताए। 

    ‘अझै १ लाखबोरा सिमेन्ट मौज्दात छ, उनले भने, उद्योगले चालु आर्थिक वर्षमा १ लाख ३२ हजार टन क्लिंकर उत्पादन गर्ने लक्ष्य राखेको थियो। केही दिन भित्र क्लिंकर उत्पादन पुन सुरु हुने गरी काम भइरहेको छ। 

    ‘मोटरमा क्षति नपुगेको भए आर्थिक वर्षको अन्तसम्म १ लाख ४२ हजार टन क्लिंकर उत्पादन हुने थियो,’ साहले भने, ‘यो भनेको लक्ष्यभन्दा १० हजार टन बढी हुने थियो।’ मोटर बिग्रिएकाले लक्ष्यभन्दा बढी र १५ वर्षयताकै सबैभन्दा बढी क्लिंकर उत्पादन गर्ने लक्ष्य पूरा हुन नसकेको उनले बताए।

    अहिले दैनिक १० हजारदेखि १२ हजार बोरासम्म सिमेन्ट बिक्री भइरहेको छ। महाप्रबन्धक साहका अनुसार क्लिंकर उत्पादन बन्द भए पनि भकारीमा क्लिंकर मौज्दात रहेकाले बिक्री रोकिएको छैन।’

    हेटौंडा सिमेन्ट दुई महिनादेखि ठप्प

    हेटौंडा सिमेन्ट उद्योगको मुख्य मेशिननै बिग्रँदा दुई महिनादेखि उत्पादन बन्द भएको छ। महानिर्देशक प्रेम शंकर सिंहले ३० वर्ष पुरानासो उद्योग भएकाले समस्या आएको बताए। ‘हामी मर्मत गरिरहेका छौ,’ उनले भने, ‘अवको केही दिनमा उत्पादन सुरु हुनेगरी काम भइरहेको छ।’

    ३४ वर्षदेखि दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको मुख्य मेशिन बुस बेरिङ्गको प्रिजेकिङ्ग प्रेसर गेजमा समस्या आएपछि उद्योग बन्द भएपछि मर्मत थालिएको महानिर्देशक सिंहले बताए। 

    ‘अहिले मेशिन बनाउन भारतबाट प्राविधिक आएर काम गरिरहेका छन,’ उनले भने, ‘मेशिन बिगँ्रदा उद्योगलाई अहिले २५ करोड बढी घाटा भइसकेको छ।’

    करिब तीन सय ७० जना कर्मचारी कार्यरत छन्। सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग दिनदिनै धरायसी बन्दै गएको सरोकारवालको भनाइ छ।

    सरकारी स्वामित्वमा दुई सिमेन्ट उद्योगमा उदयपुर र हेटौंडा सिमेन्ट हुन्। दुवै विभिन्न समस्याले थलिने गरेका छन। निजी क्षेत्रका करिब १८ वटा सिमेन्ट उद्योग आफैं क्लिंकर उत्पादन गर्छन्।

    करिब ४५ वटाले बाहिरबाट क्लिंकर आयात गरी सिमेन्ट तयार गर्ने गरेका छन्। नेपालमा वार्षिक ६० प्रतिशतले सिमेन्टको माग बढिरहेको उद्योग प्रशासनले जनाएको छ। 

विदुर कटुवाल

कटुवाल ०७६ असोजसम्म थाहा खबरका उदयपुर समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]