काठमाडौ : अर्थमन्त्री वर्षमान पुनले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन्। लग...
काठमाडौं : संघीय सांसदहरूले पाँच महिनादेखि स्मार्ट लाइसेन्स नपाएको गुनासो गरेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री र यातायात व्यवस्था विभागका महानिर्देशकले तीन महिनाभित्र लाइसेन्स पाउन योग्य सबैको हातहातमा स्मार्ट लाइसेन्स पुग्ने प्रतिबद्धता जनाएका छन्।
कहिले मेसिनको समस्या त कहिले प्रविधिको समस्याको कारण स्मार्ट लाइसेन्स वितरण गर्न नसकेको विभागले अबको तीन महिनाभित्र लाइसेन्स लिने प्रतीक्षामा बसेका सबैलाई लाइसेन्स उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।
'महानिर्देशकले पनि भन्नुभएको छ विगतमा केही समस्या भयो तर अब तीन महिनाभित्र सबैलाई लाइसेन्स उपलब्ध गराउनेछौँ" संघीय संसद्को विकास तथा प्रविधि समितिको मन्त्री रघुवीर महासेठले भने।
महानिर्देशक कुमार दाहालले १५ दिनभित्र मास प्रिन्टर आउने र बाँकी स्मार्ट लाइसेन्स छपाइ गरिने जानकारी दिए। ‘अबको १५ दिनभित्र टेन्डर गरिएको मास प्रिन्टर आइपुग्छ,’ उनले भने, ‘त्यसपछि धमाधम लाइसेन्स छपाइ हुन्छ।
३ महिनाभित्र लाइसेन्सको समस्या हुँदैन।’ उनले अबको २०/२५ दिनमा ४ लाख लाइसेन्स छपाइको काम सक्ने र समस्या समधान गर्ने बताए। आर्थिक वर्ष २०७६/७७ मा १८ लाख स्मार्ट कार्ड छपाइ गर्नका लागि ५६ करोड विनियोजन भएको दाहालले बताए।
सांसद राजेन्द्र लिङ्देनले आफूले ४ महिना हुँदा पनि स्मार्ट कार्ड पाउन नसकेको गुनासो गरे। ‘सर्वसाधारणको हालत के होला?’ उनले भने। सांसद बहादुरसिंह लामाले आफूले १० महिना १२ दिन लगाएर मात्रै स्मार्ट कार्ड पाएको बताए। उनले सुलभ ढंगले लाइसेन्स उपलब्ध गराउन आग्रह गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।