अर्थ

'पहिरो आउला तर तीन घण्टा बढी सडक अवरुद्ध हुन दिँदैनौँ'

असार १९, २०७६

    काठमाडौं : वर्षा लागेसँगै विभिन्न राजमार्गमा सडक अवरुद्ध हुने क्रम बढेको छ। तर, सडक विभागले भने तीन घण्टाभन्दा बढी सडक अवरुद्ध हुन नदिनेगरी व्यवस्था मिलाएको जनाएको छ।

    सडक विभागका महानिर्देशक केशव शर्माले कुनै पनि सडक खण्ड तीन घण्टाभन्दा बढी अवरुद्ध नहुनेगरी संयन्त्र तयार गरिएको दाबी गरे।

    'वर्षाका कारण अवरुद्ध यातायातलाई ३ घण्टामै सहज बनाउनेगरी नजिकको सडक कार्यालयमा जनशक्ति र इक्विपमेन्ट व्यवस्था गरेका छौं’ शर्माले भने। ‘ठूलै पहाड खसेमा र सडक भासिएको अवस्थाबाहेक हामीले अवरुद्ध हुन दिनेछैनौँ। 

    वर्षाको समय सुरु भइसकेकाले पहाडी क्षेत्र तथा कमजोर भूगोल भएको क्षेत्रमा पहिरो गएर यातायात अवरुद्ध भएको अवस्था छ। राजमार्गका सडकहरू समेत समयमै सञ्‍चालन हुन सकेका छैनन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]