समाज

'भ्रष्टाचारी खबरदार, लुट आतंक बन्द गर'

प्रदेश २ मा भ्रष्टाचारविरुद्ध मोटरसाइकल र्‍याली

असार १९, २०७६

    काठमाडौं :  प्रदेश २ मा भ्रष्टाचारविरुद्ध खबरदारी अभियान सुरु भएको छ। प्रदेश २ का युवाहरुले खबरदारी गर्दै बिहीबार मोटरसाइकल र्‍याली निकालेका छन्।

    रौतहटका विभिन्‍न स्थानीय तहमा युवाहरुले मोटरसाइकल र्‍याली निकालेका हुन्। निर्वाचनपछि मुलुकमा सुशासन भएर विकासले गति लिने विश्वासमा रहेका युवा भ्रष्टाचार झन् बढेपछि चिन्तित भएका छन्। 

    सिंगो प्रदेशमै भ्रष्टाचार झन् बढेको निचोडसहित युवाहरुले जागर अभियान थालेका हुन्। २ हजारभन्दा बढीको संख्याका युवाहरुले ‘भ्रष्टाचारी खबरदार, लुट आतंक बन्द गर' नारासहित करिब ३ घण्टा प्रदर्शन गरे। 

    ‘संविधान आएपछि मुलुकमा परिवर्तन होला भन्नेमा आशावादी थियौँ। भ्रष्टाचार अन्त्य भइ मुलुकमा सुशासन कायम होला भन्ने विश्वासकासहित तीन तहको सरकार बनायौँ', र्‍यालीमा सहभागी कटहरिया नगरपालिकाका राकेश राज गिरीले भने, 'तर उल्टो भएको छ। एउटा राजा फालेर सय राजा आए। लुट मच्चिएको छ। त्यसलाई रोक्न जुनसुकै कदम चाल्न सक्छौ। यो र्‍याली त्यसको सुरुवात हो।’

    र्‍यालीमा जिल्लाका कयौँ युवा सहभागी थिए। कटहरिया नगरपालिकाबाट सुरु र्‍याली, गुजरा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका, माधव नारायण नगरपालिका, देवाही गोनाही नगरपालिका हुँदै गरुडामा पुगेको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]