समाज

परशुरामधाममा भागेश्वर देवताको मन्दिर निर्माण हुँदै

असार १९, २०७६

    डडेल्धुरा : डडेल्धुराको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका–५ परिगाँउमा रहेको पवित्र तीर्थ तथा पर्यटकीयस्थल परशुराम धाममा भागेश्वर देवताको मन्दिर निर्माण कार्य सुरु गरिएको छ। निर्माण हुन लागेको उक्त मन्दिरको बिहीबार परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साँउदले शिलान्यास गरेका हुन्।

    संघीय सरकारअन्तर्गत शहरी विकास मन्त्रालयको विनियोजित बजेटबाट मन्दिर निर्माण कार्यको थालनी गरिएको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर चन्दले जानकारी दिए।

    परशुराम तीर्थलाई देश–विदेशमा चिनाउन र तीर्थको महिमा झल्काउनुका लागि परशुरामको गुरु योजना तयार पारी उक्र क्षेत्रमा अतिथि गृह, भान्साघर, खानेपानी, स्नानघाट, गणेश मन्दिर, भागेश्वर मन्दीर, परशुरामको मूर्ति, कालोपत्रे सडक, मेला तथा विभिन्न देवी देवताका देउराको बास बस्ने र व्यस्थित बजारको स्थान निर्धारण, शौचालय लागयतका पूवाधार निर्माणका लागि गुरु योजना नै सुरु गरी २० करोड शहरी विकास मन्त्रालयबाट बजेट विनियोजित गर्न सफल भएको नगरप्रमुख साँउदले बताए।

    आफू नगरपनलिकामा निर्वाचित भएर आएपछि परशुराम नगरलाई समृद्व र नमूना नगर बनाउने अभियान नै थालेको उनले बताए।

    सुदूरपश्चिमकै पवित्र तीर्थस्थल परशुराम धाम डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँमा अवस्थित छ। श्यामा (महाकाली) र एला (रंगुन) नदीको संगममा रहेको यस तीर्थमा भृगुवंशी महर्षि जगदग्नि र रेणुका पुत्र परशुरामले तपस्या गरेको विभिन्न पुराणहरूमा वर्णन गरिएको छ।

    एला र श्यामाको संगममा जगदग्नि पुत्र परशुरामको आश्रय रहेको स्कन्दपुराणमा उल्लेख गरिएको छ। हैयेय वंशी क्षत्रीहरुले पिता जगदग्निको हत्या गरी कामधेनु गार्य अपहरण गरेको र आततायी क्षत्रीयहरुको अत्याचार कम गर्न क्षत्रीय विनास गरेको २१ पटक पृथ्वीलाई क्षत्रीविहीन गरेपछि सरयूश्यामा नदीमा स्नान गरेको पुराणमा उल्लेख छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]